Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

चिनीयाँ कम्युनिष्ट पार्टीको चौथो प्लेनरी सेशन सम्पन्न


२०७६ कार्तीक १५ गते , शुक्रवार प्रकाशित

९८ बर्षदेखि अस्तित्वमान भएको र ७० बर्षदेखि सत्तामा रहेको चिनीयाँ कम्युनिष्ट पार्टीको १९औँ केन्द्रीय समितिको चौथो पूर्ण सम्मेलन(प्लेनरी सेशन) अक्टोबर २८ देखि ३१ तारिखसम्म बेइजिङमा चलेर सम्पन्न भएको छ। सम्मेलनले एउटा महत्वपूर्ण विज्ञप्ति  पनि पारित गरेको छ ।


  पार्टीको केन्द्रीय राजनीतिक ब्यूरोले यस सम्मेलनको अध्यक्षता गरेको थियो भने केन्द्रीय समितिका महासचिव शी जिनपिङले सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गरेका थिए । सम्बोधनमा बैज्ञानिक सिद्धान्त अबलम्बन गर्दै र देशमा राजनीतिक स्थिरता कायम गर्दै देशलाई समाजबादको दिशाममा अघि बढाउने कुरालाई सुनिश्चित गरेको कुरा प्रष्ट पारिएको थियो ।

  सम्पन्न सम्मेलनमा केन्द्रीय राजनीतिक ब्यूरोको वारेसकोरुपमा महासचिव शी जिनपिङले दिएको कार्य प्रगतिको प्रतिवेदनको सुनुवाई र त्यसमाथि छलफल गरिएको थियो । साथै यो सम्मेलनमा “चिनीयाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले चिनीयाँ विशेषतायुक्त समाजवादी व्यवस्थालाई कायम राख्ने र त्यसलाई पूर्णता दिलाउने, देशको शासन सञ्चालन प्रणाली र क्षमताको आधुनिकीकरणलाई अघि बढाउने लगायतका महत्वपूर्ण विषय सम्बन्धी निर्णय’’ को लेखाजोखा गरेपछि त्यसलाई पारित गरिएको छ। महासचिव शीले उक्त निर्णयबारे पूर्ण सम्मेलनसमक्ष विस्तृत ब्याख्या पनि गरेका थिए ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif