Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

यस बर्ष धानको उत्पादन कम हुने पूर्बानुमान


२०७६ कार्तीक १५ गते , शुक्रवार प्रकाशित

  देशमा यो बर्ष धान लगाउने समयमा सबै धान क्षेत्रमा समान बर्षा नहुनु, समयमा आवश्यक मलको अभाव हुनु र कतिपय बर्ण शंकर धान(हाइब्रिड) नपसाउनका कारणले यो बर्ष धान उत्पादन कम हुने अनुमान कृषि बिभागले गरेको कुरा प्रकाशमा आएको छ ।



  धानबाली नेपालको प्रमुख राष्ट्रिय बाली र सबैभन्दा बढी उत्पादन हुने तथा जीडीपी बृद्धिमा कृषि क्षेत्रबाट सबैभन्दा बढी जीडीपी (कूल गार्हस्थ्य उत्पादन)मा योगदान दिने बाली पनि हो । धानबाली बिज्ञहरुका अनुसार झापा जिल्लामा मात्रै अनुकूल मौसम हुँदा पहाडका २२ वटा जिल्लामा हुनेभन्दा बढी धान उत्पादन हुने गर्दछ ।

  धानखेती योग्य जमिनमा आबश्यक सिञ्चाईको ब्यवस्था हुने हो भने अहिले भइरहेको धानको उत्पादनमा दोब्बर बृद्धि गर्न सकिन्छ । यसका साथै सुख्खा र डुबान क्षेत्रमा लगाउन सकिने उन्नत जातको धान समेत लगाउने हो भने धानको उत्पादन अहिलेकोभन्दा तेब्बर बनाउन सकिने स्थिति खडा हुन्छ ।



    कृषि प्रधान देशको राज्य ब्यवस्थाले यस दिशामा आबश्यक ध्यान दिने गरेको छ्रैन । अनि देशको जनसंख्या केवल ८४ लाख भएको बेलाको बढी धान उत्पादन निर्यात हुने गरेको कुरामा हल्ला मच्चाएर अहिले झण्डै तीन करोड पुगेको नेपालको जनसंख्यालाई पुग्ने धान उत्पादन गरिनुपर्ने कुरामा आबश्यक पर्ने प्राबिधिक, प्रशासनिक पूर्बााधर तयार गरेर धान उत्पादन बढाउने कुरामा केन्द्रित हुनुका साटो चामल लगायत खााद्यान्न हरेक बर्ष भित्र्याउन राज्यले अबौं अर्ब खर्च गरिहेको छ ।


    मौसमी खेतीमा भर पर्नाले आबश्यक मात्रामा उचित समयमा बर्षा नहुँदा, समय मलको उचित मात्रा नपुग्दा र उन्नत जातको नाममा प्रमाणित या अप्रमाणित धानको हाइब्रिड बिउ लगाउदा उत्दनमा बर्षेनी जसो ह«ास आउने गरेको यथार्थ छ । कुनै बर्ष उत्पादन बढे पनि खाश किसानले उचित र लभाकारी समर्थन मूल्य नपाएर सस्तोमा बेच्नु पर्दा लागत मूल्य पनि नउ्ने स्थिति छ । 


    यी समस्या हल नगरेर बर्षौदेखि आयातमा निर्भर रहने गर्दा अधिकतम उत्पादन लिन सकिने धानखेतीमा ठूलो ह«ास आउने गरेको छ । गत बर्ष मौसम र बर्षा अनुकूल हुँदा देशमा ५६ लाख मेट्रिक टन धान उत्पादन भएकोले चामम कम अयात गर्नु परेको थियो । त्यसैले, राज्य र सरकार तथा त्यस अन्तरगतका सम्बद्ध निकायले मौसम अनुकूलता र प्रतिकूलता, आबश्यक उन्नत र भरपोर्द गुणस्तरीय मल बिउ, नियमित सिञ्चाई हुने ब्यवास्था र कृषि उपजको किसानलाई लाभकारी मूल्य दिने प्रभाबकारी समर्थन मूल्यको प्राधान जस्ता महत्वपूर्ण ध्यान दिनुपर्ने कुरामा ध्यान नपु¥याएको प्रष्ट देखिन्छ । अनि चामल निर्यात गर्ने गरेको देशले आयातमा भर पर्नु पर्ने स्थिति स्वतः बन्न जान्छ । यसमा रोइलो गरेर मात्र समस्याको सही समाधान हुन सक्तैन भन्ने कुरा अहिलेसम्मको यथार्थ बास्तबिकताले प्रष्ट पारेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif