Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

सांग्रिला डेभलपमेन्ट बैंक १६औ वर्षमा


२०७६ कार्तीक १४ गते , विहीवार प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५ औं बर्ष पूरा गरी १६ औं बर्षमा प्रवेश गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा केक काटेर १५ औं बार्षिक उत्सव मनाइएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले केक काटेर वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए । 

बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत विगतका वर्षमा झैं “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालयमा शुक्रबार रक्तदान कार्यक्रम गर्ने र  शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने जनाएको छ ।

सातवटै प्रदेशमा गरि ८७ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता समेत ब्यक्त गरेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif