Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

पुराना योद्धाको ९२ बर्षको उमेरमा देहाबसान


२०७६ कार्तीक १३ गते , बुधवार प्रकाशित

 राणा शासन बिरोधी प्रजातान्त्रक आन्दोलन तथा अखिल नेपाल किसान संघका पुराना अग्रज योद्धा अजित कुमार अर्यालको ९२ बर्षको उमेरमा २०७६ सालको भाइ टीकाको अघिल्लो दिन कार्तिक ११ गते ठिमीमा देहाबसान भयो । कुरीति, अन्धबिश्वास जस्ता सामाजिक बिकृति बिरोधी बिद्रोही स्वभाबका अर्याल नेपालको सामाजिक परिवर्तनका आन्दोलनहरु चले पनि नेतृत्वले आन्दोनलको प्रतिनिधित्व हुने गरी परिवर्तनको नेतृत्व गर्न नसकेको असन्तुष्टी ब्यक्त गरिरहन्थे । खाशगरी २०४६ र अझ बिशेषगरी २०६२/६३ सालको जनआन्दोलनमा पछि अपेक्षितरुपमा देश र जनतको हितमा नेतृत्वले काम गर्न नसकेको र बिकृतिहरु अझ बढेर गएकोमा दिबंगत अर्याल चिन्ता ब्यक्त गर्ने गर्दथे ।



    दिवंगत अर्याल रंगिलो स्वभावको र गाना बजानाप्रति पनि समपिर्त थिए । शोक सन्तप्त उहाँका  सुपुत्र बिजय अर्याल उहाँकी पत्नी इन्दिरा अर्याल लामो समय बिश्वबिद्यालयको शैक्षिक क्षेत्रमा सेवारत रहेर बिजय सेवा निबृत्त भइसकेका छन् भने इन्दिरा अझै सेवारत रहेकी छन् । बिजयका एकजना भाइ पनि  एक पटक राष्ट्रिय खेलाडी रहेका थिए । तर राजनीतिक खिचातानीमा परेपछि उनी अहिले खेल संसारबाट टाढै रहेका छन् । शोकाकुल बिजय र इन्दिरा दम्पत्तिका साथै शोकसन्तप्त अर्याल परिबारमा गहिरो समवेदना !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif