Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

बुडोल सामुदायिकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण


२०७६ कार्तीक १३ गते , बुधवार प्रकाशित

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सडक दुर्घटनामा परी निधन भएका दुई सदस्यका आश्रित परिवारलाई बीमा वापतको रकम प्रदान गरेको छ । 

शेयर सदस्यद्वय रमेश भण्डारी र इन्द्रमणी गौतमको सडक दुर्घटनामा परी निधन भएको थियो ।  संस्थाको आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना बीमा बापतको रकम रु। एक लाखका दरले परिवारजनलाई हस्तान्तरण गरिएको हो ।  संस्थाले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत संस्थामा आवद्ध १६ देखि ६० वर्ष उमेर समूहका सम्पूर्ण सदस्यहरुलाई निःशुल्क रुपमा दुर्घटना बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । 

यस अघि पनि संस्थाले दुर्घटनामा परी निधन भएका ११ जना सदस्यको परिवारलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरेको थियो । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif