Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

बाल बच्चाको संसार : माता पितासँगको संगत र स्याहार


२०७६ कार्तीक १३ गते , बुधवार प्रकाशित

 
माता पिता र बच्चाका बीच बढ्दो दूरीका बारेका यत्ति धेरै लेखिएको र भनिएको छ कि अब त्यसलाई हामीले परम सत्य जस्तै मान्न थालेका छौं । तर अहिले यस समस्याका बारेमा पछिल्लो समय जुन अनुसन्धान भएको छ त्यसले अरु नै कुरा बताइरहेको छ । अमेरिकाको क्यालिफोर्निया बिश्वबिद्यालयले यस बारे एउटा अध्ययन गरायो । त्यसमा के नतिजा निस्कियो भने अधिकांशतः पश्चिमा देशहरुमा माता पिता साठीको दशकका माता पिताको तुलनामा आफ्ना बाल बच्चाहरुसँग बढी नै समय बिताउने गर्दछन् । १९६५ मा जहाँ माताहरु आमरुपमा आफ्ना बाल बच्चाहरुसँग दिन दिनैको कुरा गर्दा केवल ५४ मिनेट समय बिताउँदथे त्यो झण्डै पाँच दशक अर्थात ४७ बर्ष पछि आइपुग्दा १०४ मिटेन हुन पुगेको छ । माताहरुलेभन्दा पिताहरुले तुलनात्मक हिसावले बच्चाका लागि समय दिने कुरामा निकै लामो छलाङ्ग लगाएको देखिन्छ । पहिला पिताहरु केवल १६ मिनेट समय बच्चाहरुसँग बिताउँदथे भने अहिले यो ६ गुणा बढेर ९६ मिनेट जति भएको छ ।


अनुसन्धानकर्ताहरु त के देखेर छक्क परे भने शिक्षित र सुबिधा सम्पन्न माता पिताले बाल बच्चालाई बढि समय दिइरहेका छन् । जब कि पहिला पहिला के मानिन्थ्यो भने श्रोत साधन सम्पन्न माता पिता कामको सामुमा आफ्ना बाल बच्चाहरुलाई बढी समय दिन चाहँदैनथे, किनभने उनीहरु पैसा खर्च गरेर बाल बच्चाहरुका लागि अरुको समय किन्न सक्तछन् । उच्च शिक्षा दीक्षा पाएका माताहरुले त्यसका लागि अरुको समय किन्न सक्तछन् । उच्च शिक्षा प्राप्त माता पिता हरेक दिन १६३ मिनेट र कम शिक्षित माताहरु ९४ मिनेट र अझ कम पढेलेखेका
ले ५० मिनेटको मात्र समय आफ्ना बालबच्चाहरुलाई दिन्छन् । यस अध्ययनमा १८ देखि ६५ बर्षम्मका ६८,५२४ माता र ५३,७१९ पिताहरुसँग कुराकानी गरिएको थियो । त्यसमा पनि कम्तिमा एउटा बच्चा भएकै परिवार अनुुसन्धानका लागि छानिएको थियो । क्यानाडा, बृटेन,अमेरिका, डेनमार्क, नर्बे, प्रान्स, जर्मनी, नीदरल्याण्ड, इटली, स्पने र स्लोभानियामा गरिएको यस अध्ययनमा के पाइयो भने प्रान्स मात्र एउटा यस्तो देश रहेको छ जहाँ माताहरु आज पनि बालबच्चाहरुसँग कम समय बिताउने गर्दछन् ।

यस  सन्दर्भमा अमेरिकाको एउटा घटना बिचारणीय छ । त्यहाँ रहेका दुइजना महिलाहरु दुबैले नोकरी छोडि दिए । उनीहरुको के सोचाइ रहेको पाइयो भने अब बच्चाहरु केही ठूला भए यसकारण घरमा तिनका माता या पितामध्ये एकले बाल बच्चासँग रहनै पर्ने आवश्यकता बनेको छ । किनकि बाल बच्चाको पढाइका लागि मात्र होइन, तिनको साथी तथा अन्य भावनात्मक समस्याहरुलाई सुल्झाउनमा तिनलाई मद्दत गर्न पनि यसरी सकिने तिनले बताए । ती महिलाहरुको के भनाइ थियो भने चाइल्ड केयरको भरमा मात्र आफ्ना बाल बच्चाहरुलाई छोड्न मिल्दैन । साथै उनीहरुले के पनि भने भने ब्यस्त दिनचर्याका कारणले उनीहरुले बच्चाको बचपनको आनन्द उठाउन सकेनन् तर अब किशोराबस्थामा उनीहरु तिनका प्रत्येक कदममा साथ दिन चाहन्छन् ।


यसको बिपरीत अद्यापि आफ्ना वरिपरी हामी पाउँदछौ कि माता पितासँग बाल बच्चाहरु र परिवार दुबैलाई दिनका लागि समय बच्दैन । पहिला बच्चाको लालन पालन संयुक्त परिवारमा हुने गर्दथ्यो तर अब यस्तो संयुक्त परिवार नै छैन भने माता पितासँग बच्चाका लागि दिने समय पनि छैन । अनि धेरैजसो ठाउमा माता पिताको अनुपस्थितिमा बच्चाको हेरचाह गर्ने शिशु केन्द्रहरु पनि स्थापित छैनन् जसले बच्चाको स्याहार सुसार गरुन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif