Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

बाल बिबाह बिरुद्ध कपिलबस्तुमा अन्तरक्रिया


२०७६ कार्तीक १० गते , आईतवार प्रकाशित

 शहबाज खान कपिलवस्तुको कृष्णनगर ३ चैपुरवा मा रहेको कृष्णनगर स्वास्थ्य चौकी को सभा हलमा कृष्णनगर नगरपालिकाको आयोजना र यूनिसेफ नेपाल फिल्ड आफिस भैरहवा को.सहयोग मा बाल बिवाह निवारण का लागि पुरुष सहभागिता र धर्मगुरुहरु,राजनितीक दल तथा समाजिक अगुवाहरु को भूमिका बिषयक एक दिने आन्तरक्रिया कार्यक्रम भएको थियो ।
  उक्त कार्यक्रममा बाल बिवाह निवारण,कृष्णनगर न.पा.का वडालाई बाल बिबाह मुक्त वडा बनाउने सहयोग पुर्याउने,बाल बिवाह गर्दा हुने शारिरीक,मानसिक,आर्थिक,शैक्षिक,असर को बारेमा जानकारी लगायत बाल बिवाह लाई रोक्ना को लागि गर्नु पर्ने उपायहरु को बारेमा प्रशिक्षक आर.टी.खान(सिद्धार्थ समाजिक विकास संस्था) बाणगंगा नगरपालिका ४ ले जानकारी दिएका थिए।
  कार्यक्रम मा अन्दाजि ३० जनाको सहभागिता रहेको जसमा कृष्णनगर न.पा.वडा नं.२,३,७,र१० का वडाध्यक्षहरु लगायत बिभिन्न मदरसा,मन्दिर,मस्जिद र समाजिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको कुरा यूनिसेफ नेपाल संस्था का थुमा उपाध्यय ले जानकारी गराएकी थिन।           Attachments area

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif