Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

असंलग्न आन्दोनलको औचित्यताको आधार के ?


२०७६ कार्तीक १० गते , आईतवार प्रकाशित

  अहिले अजुरबैजाको राजधानी बाकुमा असंलग्न आन्दोनलको १८औं शिखर सम्मेलन चलिरहेको छ । संयुक्त राष्ट्र संघ पछिको बिश्वको दोश्रो ठूलो संगठनमा अहिले पनि १२० भन्दा बढी देश आबद्ध रहेका छन् । तर जुन सन्दर्भ र परिप्रेक्षमा यो गुट निरपेक्ष आन्दोलन जन्मिएको थियो त्यो स्थितिमा परिबर्तन आएको आजको अबस्था अनुरुप यसलाई सुदृढ, गतिशील र प्रभावकारी तुल्याउन नसकिरहेको एक किसिमको अन्यौलपूर्ण स्थितिबाट यो गुज्रिरहेको छ । नेपाल पनि यसको आरम्भदेखि नै संस्थापक राष्ट्रको नाताले समेत यसमा संलग्न हुदै आएको छ । तर यसबाट प्राप्त गर्न सकिने र गर्नुपर्ने सार्थक उपलब्धी नेपालले पनि लिन सकेको अबस्था छैन । यद्यपि घरेलु अबस्था जे जस्तो भए पनि असंलग्न आन्दोनलका बिखर सम्मेलनहरुमा बोल्दा नेपालले साना र अल्प बिकसित मुलुकको हितमा आफ्ना बाणीहरु मुखरित गर्न भने छोडेको छैन । तर ती कुराहरु भने अहिलेसम्म एक वा अर्को किसिमले दोहोराइरहने कुरा मात्र भएर रहेका छन् ।  

अहिलेको १८औ असंलग्न आन्दोनलको शिखर सम्मेलनमा पनि प्रधानमन्त्री ओलीले अहिलेको विश्व परिवेशमा यो आन्दोलन थप सशक्त तथा प्रभावकारी बनाउनपर्ने सुझावहरु राखेका छन् ।   असंलग्न आन्दोलन आन्तरिक रूपमै थप एकताबद्ध र बलियो हुनुपर्ने अनि बाह्य रूपमा जड भएर रहेका विश्वव्यापी असमानता हटाउन प्रभावशाली हुनु पर्ने आवश्यकता छ ।   अनि असंलग्न आन्दोलनले दक्षिणका मुलुकहरूको शक्ति तथा क्षमताको उपयोग गरेर विकासका चुनौतीसँग जुझ्ने तथा साझा सम्पन्नता हासिल गर्नु पर्ने औंल्याएका छन् ।

  असंलग्न आन्दोलनले अङ्गीकार गरेका सिद्धान्त यति पवित्र तथा चिरकालीन छन् कि तिनको पालना नगरिएमा विश्व व्यवस्थानै अराजक बन्न पुग्छ।
  अन्यायपूर्ण तथा पक्षपातपूर्ण संसार, अमानवीय विश्व जहाँ स्वतन्त्रताजस्ता मानवका आधारभूत आवश्यकता पनि दमित गरिए, तिनको सम्बोधनका निम्ति निर्णायक प्रतिक्रियास्वरूप असंलग्न आन्दोलन सुरु भएको हो। दक्षिणका देश तथा जनताका मौलिक हक रक्षार्थ यो खडा भएको हो।


  विश्वको वस्तुपरक समीक्षाका आधारमा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने यो एक सोचविचारपूर्ण निर्णय थियो। त्यसो गर्दा हामीले निर्णय क्षमतामा स्वायत्तताको रक्षा गर्न चाह्यौँ जुन सार्वभौमसत्ताको आत्मा पनि हो।
  व्यक्तिलाई सशक्त पार्नको निमित्त राजनीतिक अधिकारमात्र पर्याप्त हुँदैन। कोही भोकै वा आवासविहीन रह्यो भने त्यसको अर्थ रहँदैन किनकी त्यसको उसको बाँच्न पाउने मौलिक हक नै सङ्कटमा पारिदिन्छ। त्यसैले नेपालले व्यक्तिको सम्पूर्ण जीवन चक्र समेट्ने गरि सामाजिक सुरक्षाको प्रणाली बनाएको छ। आफ्नो सीमाभन्दा पर संसारभर नै पूर्ण प्रजातन्त्रको अभ्यास हुनु जरुरी छ।
  पूर्ण प्रजातन्त्र हुनका लागि यस्तो विश्व व्यवस्था आवश्यक पर्छ जो प्रजातान्त्रिक होस्, समावेशी होस्, न्यायपूर्ण होस्, अनि निष्पक्ष होस्। यी सबै उद्देश्य प्राप्त नहुञ्जेलसम्मका लागि असंलग्न आन्दोलनको सान्दर्भिकता हाम्रा निम्ति निरन्तर रहनेछ। असंलग्न आन्दोलन हाम्रो निम्ति शान्ति, सुरक्षा, न्याय र विकास नै हो।   संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर असंलग्न आन्दोलनले बहुपक्षीयतालाई बलियो बनाउनु पर्ने पनि प्रम ओलीले उल्लेख गरेका छन् ।    हुन पनि बिश्वको  एक्लो महाशक्ति बन्ने सपना देखिरहेको  अमेरिकालाई उदाउँदो महाशक्ति चीनले आज अत्यन्तै शसक्तरुपमा  पछ्याइरहेको छ भने आज रुस, ब्राजिल, युरोप र भारत पनि शक्तिशाली बन्दै गइरहेका छन्।   नेपालले स्वयम् आफूलाई अचेल अमेरिकाले अघि सारेको हिन्द(प्रशान्त रणनीति एवम् चीनको बेल्ट एण्ड रोड अभियानका बीचमा रहेको अबस्थामा यसका लागि यो अन्दोनल कत्तिको सान्दर्भिक र महत्वको हुन सक्ला भन्ने प्रश्न पनि उठिरहेको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif