Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

हिन्दू–मुस्लिम साँस्कृतिक पर्बमा शान्ति सुरक्षा कायम गर्न सबै पक्ष तयार


२०७६ कार्तीक ८ गते , शुक्रवार प्रकाशित

 शहबाज खान  

कपिलवस्तुको कृष्णनगर जिल्लाको अति संवेदनशील ठाउ भएकाले हिजो बृहस्पतिवार को दिन ईलाका प्रहरी कार्यलय कृष्णनगर कपिलवस्तुको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा.(रा.तथा भ.सु.ग.)कृष्णनगर कपिलवस्तुको सहकार्यमा उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा एउटा छलफल कार्यक्रम सम्पन्न भएको थियो।    कार्यक्रममा सांसद (संघीय) अभिषेक प्रताप शाह,सांसद,जिल्ला प्रहरी कार्यलय कपिलवस्तु का प्रहरी उपरिक्षक दिप शम्शेर जबरा,कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह,उपप्रमुख सल्लाहकार तुफेल आलम खां इलाका प्रशासन कार्यलय चन्द्रौटा प्रमुख जगदीश अर्याल सशस्त्र प्रहरी उपरिक्षक जनकपुरी,अ.उ.निरिक्षक जयेन्द्र प्रसाद उपाध्याय,ना.प्र.उ.सुनिल मल्ल,स.प्र.ना.उ.सुशील शाही,सेनानी सुरेन्द्र के.सि.समाजवादी पार्टीका प्रदेश.सदस्य अकरम पठान,जमाल शाह, सत्ताकारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खां,उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार कौलापुरी,पूर्व अध्यक्ष गुरु शरण सिंह(बन्टी सरदार),कृष्णनगर न.पा.का वडा नं.२अध्यक्ष संजय कुमार गुप्ता,कृष्णनगर मूर्ति बिसर्जन समिती अध्यक्ष सुनिल मोदनवाल लगायत सुरक्षा निकायका जवानहरु समाजसेवी,शिक्षाप्रेमी भद्रभलादमी,पत्रकार हरुको उपस्थितीमा बैठक सम्पन्न भएको थियो । 

  यस बैठकमा अभिषेक प्रताप शाह लगायत उपस्थित सबै पदाधिकारी,समाजसेवी,बुद्धाजिवी हरु को सहभागिता मा केही बूदाहरुमा निर्णय गरी आउदै गरेकामहान तिहार शुभ दिपावली,छठ तथा बारह रवि अल अउवल्लको अग्रीम शुभकामना अदान प्रदान पनि गरिएको थियो ।   

 हिन्दू धर्मावलम्बीहरुले मनाउने लक्ष्मी पूजा मूर्ति विसर्जन र मुस्लिम धर्मावलम्बीहरुले मनाउने बारहवी अल अउवल्ल जुलुसको विषयलाई लिएर हुने कुनै पनि अवान्छित क्रियाकलाप हुन नदिने सबै पक्षले आफ्नो तर्फबाट समन्वयात्मक भूमि निर्वाह गर्ने,कृष्णनगर क्षेत्रमा समाजिक सदभाव,आपसी भाइचारा धार्मिक सहिष्णुता तथा शान्तिपूर्ण सुरक्षा व्यवस्था बनाई राख्न सबै राजनितीक दल,धर्म गुरु,विभिन्न पेशागत संघ, संगठनले एक अर्कालाई सहयोग र समन्वय गरी प्रशासन तथा सुरक्षा निकाय लाई आवश्यक सहयोग गर्नको लागि एक अर्का लाई अग्रह गर्ने निर्णय गरिएको थियो ।   

चाड पर्वलाई लक्षित गरी मदिरा निषेध,बोर्डर सुरक्षा,मूर्ति बिसर्जनको रुट निर्धारण, विसर्जनको शुरु र समापन हुने समय,स्वयम,सवारी चालकको व्यबस्थापन,मस्जिदमा ठूलो बत्ती र सि.सी.क्यामरा(नगरपालिका),फ्लायस क्यमरा,मर्या्दित गीत,मस्जिद खाली गर्ने बिषय,भारतीय झण्डाको प्रयोग,तरवार नचाउने बिषय,एक मूर्तिबाट अर्को मूर्ति र मान्छे जान नदिने,जस्ता सम्बन्धित बूदाहरु छलफलमा समावेश भएको र शान्तिपूर्वक दुर्गा पूजाको मूर्ति बिसर्जन भएकोमा उपस्थित दुबै धर्मका भद्रभलादमीहरु र प्रसाशन समेत एक अर्कालाई धन्यवाद ज्ञापन गरेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जनाएका छन्।    उक्त कार्यक्रम मा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्कीले कृष्णनगरमा ब्यबस्थित र शान्तिपूर्वक दुर्गा मूर्ति बिसर्जन गराउनमा सहयोग र सुरक्षा दिने पदाधिकारीहरुलाई दोसल्ला ओढाई सम्मानित गरेको राष्ट्रीय मरदसा संघ नेपालका राष्ट्रीय महासचिव मौलाना मसहूद खां नेपालीले बताए ,ि  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif