Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

व्यवसाय मैत्री वातावरण रिपोर्ट २०२० को नतिजाबाट झिनु आशा मात्रै


२०७६ कार्तीक ७ गते , विहीवार प्रकाशित

      गत बर्ष ११० बाट यो बर्ष ९४औं स्थानमा नेपालका उक्लेको देखाए पनि डुईङ ब्युजीनेश (व्यवसायमैत्री वातावरण) रिपोर्ट २०२० को नतिजालाई  सकारात्मक भनेर सह्राना गरिहाल्नु पर्ने स्थिति बिकसि भएको छैन भन्न जानकार बिज्ञहरुको टिप्पणी  छ ।  यद्यपि सानोतिनो सुधारले  नेपालमा व्यापार ब्यवसाय गर्ने वातावरण सहज बन्दै जाने स्थिति भने दर्शाउँदछ । त्यसैले यो गतवर्षको ११० बाट ९४औँ स्थानमा उक्लिनु  पनि आफैमा सुधारको संकेत हो भन्ने अर्काथरीको आकलन छ ।  यस प्रतिवेदनले समेट्ने १० वटा क्षेत्रका सूचकाङ्क मध्ये ५ मा सुधार भएको देखाइएको छ भने  भने ३ मा अलि बढी नै गिरावट आएको प्रष्ट पारेको छ, । तर बाँकी २ मा भने थोरै नै गिरावट आएको देखिएको छ। त्यसैले नेपाल सर्वाधिक सुधार गर्ने २० राष्ट्रमा नपरेको हो । त्यसैले यो प्रतिबेदनले नेपालका लागि अझै पनि झिनु आशा गर्ने ठाउँ मात्र दिएको छ ।   प्रष्टछ सुधारका नीतिगत प्रयासहरुलाई अब साँच्चिनै ठोस  व्यवहारमा खरो उतार्नु आवश्यक छ। खासगरी ब्यवसाय शुरु गर्न नै समस्या दोखिएको देखिन्छ । खाशगरीकन यसमा सामाजिक सुरक्षा योजनामा दर्ता र त्यसको निगरानीलाई कठिन कार्य मानिएको औल्याइन्छ ।  त्यस्तै सम्पत्ति हस्तान्तरणर दर्ता तथा कर भुक्तानीमा झन पछि झन समस्या जटिल बन्दै जानु अन्य सुधारका प्रयासहरु पनि ओझेलमा पर्दै जानु हो  भनिन्छ ।  यसको लागी सुशासन र सेवा प्रवाहमा सुधार तथा भ्रष्टाचार नियन्त्रणमा जोड दिनुको विकल्प छैन भन्ने अन्तिम निचोड बिज्ञहरुको रहेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif