Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

धर्मको रहस्य र धारणा


२०७६ कार्तीक ७ गते , विहीवार प्रकाशित

   धर्म र राष्ट्र दुइटा यस्ता धारणा रहेकाछन् जसमाथि लामो बहस अझै गर्न सकिन्छ । मानिसको मेधा लामो समयदेखि यसमा उल्झिदै आएको पनि छ । झण्डै झण्डै दुइ शताब्दीदेख यसको गुत्थी सुल्झाउनका लागि कयौं दार्शनिहरु, बिचारकहरु र  इतिहास–पुरुषहरुले बेग्ला बेग्लै किसिमले ब्याख्या गर्ने कोशिश पनि गरे । तर मानौं, कुनै दुष्चक्रको जस्तो यसको पहेली पनि जहाँको तही खडा रह्यो ।  

 बिडम्बना नै देखिन्छ कि यी दुइ धारणाले मानिस र उसको संसारलाई अझ सुन्दर बनाउने दाबी गर्दछन् । बितेको शताब्दीको इतिहास खोतल्ने हो भने यी नै धर्मको नाममा सबैभन्दा धेरै रगत बगेको छ । यी दुबैको एक भएर मेल हुँदा त झन भयंकर दुष्परिणाम उत्पन्न हुने गर्दछ । जसका अनेक उदाहरण इतिहासका पाना भरी छरपष्ट भएर रहेका छन् । अनि तिनै कुरा – धर्म र राष्ट्र – लाई रक्तपात, अत्याचार, उत्पीडन शोषण, घोर अमानबीय ब्यबहार, यतिसम्मक ब्यभिचारलाई पनि जायज ठहराउने कुराको पनि बाहना पनि मजाले बनाइएको पाइन्छ । फेरि पनि यी दुबैको (धर्म र राष्ट्रको) सत्ता अहिले पनि मजाले कायम छ ।    

त्यसैले यसमा निश्चित रुपले कुनै न कुनै यस्तो तत्व छ या कारण छ, जसको सहारामा मानिस यी दुइ तत्वकातिर आकर्षित हुन्छ या खिचिन्छ । शायद यसै कारणले समेत प्रसिद्ध बिश्व दार्शनिक कार्ल माक्र्सले बिस्तृत बिश्लेषण गरेर अर्थात् धर्मशास्त्र, धार्मिक कर्मकाण्ड र यसबाट आम मानिसमा परेको प्रभाव र त्यसमा उनीहरु अभ्यस्त हुने भावनात्मक कारणहरुको समेत संश्लेषण गरेर यसलाई ‘अफिम’ भन्ने संज्ञा दिएका थिए । अहिले चलिरहेको आतंकबादको एउटा पक्ष त धर्म नै रहेको छ । बिद्यमान काल खण्डमा बिश्वभरीमै र कतिपय क्षेत्रका देशहरुमा धर्मका नममा तनाबको बातावरण पैदा हुन थालेको छ ।

त्यसैले धर्म नितान्त नीजी मामिला हो भन्ने फैसला कतिपय न्यायमूर्तिहरुले गरिसकेका पनि छन् । उनीहरुले त्यसो गर्दा धर्म र आस्थालाई कुनै पनि ब्यक्तिको नितान्त निजी मामिला मानेका छन् र यसलाई निजी मामिला मानेर त्यसलाई राजनीतिबाट टाढा राखिनु पर्ने दलील दिएका छन् । अनि धेरै जसो देशका संविधानहरुले लोकतन्त्रलाई अबलम्बन गरेका देशका संविधानहरुले ब्यक्तिगत स्वतन्त्रता र नीजताको सुरक्षालाई सुनिश्चितता(ग्यारेण्टी) पनि दिएका छन् ।    तर प्रश्न फेरि पनि किन उठ्छ भने जब कुनै कसैको धर्मले अरु कसैको आस्थामा बाधक बन्न पुग्दछ र त्यसैको नाममा कुनै किसिमको भेदभाव या अन्याय पनि गरिने गरिन्छ । यसमा पनि एउटा सीमा रेखा खिच्ने हो भने कि धर्म र आस्थालाई त अलग राखियोस तर त्यसकोे नाममा चल्ने गरेका कुप्रथाहरु मेटाउनका लागि मानिसहरुमा एउटा जागरुपता पैदा गरियो भने राम्रो हुन सक्तछ । कोशिश के हुनु पर्दछ भने जुन समजमा जुन कुप्रथा या खराबी  ब्याप्त छ त्यसका बिरुद्ध त्यसै समाजबाट आवाज उठ्नु पर्दछन । कसैमाथि केही थोपर्ने प्रबृत्तिबाटै कट्टरता पैदा हुन्छ, जसको परिणाम जहिले पनि बिनाश लिएर आउने गर्दछ ।        

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif