Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

भक्तपुर जिल्ला संघको अध्यक्षमा केदार खड्का


२०७६ कार्तीक ५ गते , मंगलवार प्रकाशित

जिल्ला सहकारी संघ लि. भक्तपुरका २१औं साधारणसभाबाट अध्यक्षा केदार खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा कृष्णबहादुर घजु, सचिवमा कविराम बस्नेत, कोषाध्यक्षमा सावित्रि धौभडेल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सहना पसखल, सविता खत्री, रविन्द्र प्रताप शाह, राजकुमार सिलवाल र गणेशमान चक्रधर निर्वाचित भएका छन् । त्यसैगरी संघको लेखा समिति संयोजकमा ध्रुवबहादुर रायमाझी, कृष्णराम बासुकला र सुलोचना दुःवाल निर्वाचित भएका छन् । 

सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको थियो । 

गत आवको अन्त्यसम्म संघको शेयरपूँजी १४ लाख ७२ हजार पुगेको छ । त्यसैगरी बचत संकलन १ करोड ५२ लाख ९८ हजार र अन्तरलगानी १ करोड ६ लाख १६ हजार रहेको छ । संघले रासायनिक मल तथा स्टेशनरीको कारोबार एवं अन्तरलगानी कारोबार समेतबाट गरी १७ लाख ५१ हजार आम्दानी गरेको छ । 

संघले गरिबी निवारण कार्यक्रम सञ्चालन गर्दै आएको छ भने प्रारम्भिक संस्थाको शिफारीसमा आर्थिक अवस्था कमजोर भएका संस्थाका सदस्यलाई वार्षिक ५ प्रतिशत ब्याजदरमा उक्त कोषबाट २५ देखि ५० हजारसम्म ऋण उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा १ रुपैया गरिबका लागि मेरो सहयोग सधैंका लागि भन्ने कार्यक्रमका लागि २० संस्थाबाट ३८ हजार रुपैया संकलन भएको छ । चालु आवमा सदस्य संख्या १ सय ४५ र शेयर पूँजी १९ लाख पु¥याउने, अन्तरलगानी कार्यक्रमलाई विस्तार गर्ने, व्यवसाय तथा वित्तीय व्यवस्थापन लगायत सदस्य संस्थाहरुको लागि तालिम, गोष्ठी सञ्चालन गर्ने लक्ष्य संघको छ ।






सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif