Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

सहयोगी साकोसले सदस्यलाई १५ प्रतिशत लाभांश दिने


२०७६ कार्तीक ५ गते , मंगलवार प्रकाशित

उदयपुर जिल्लाको बेलका नगरपालिका रामपुरमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष पुष्पराज सुवेदीको सभापतित्वमा भएको सभामा प्रमुख आतिथ्यता नेपाल बचत तथा ऋण सहकारी सस्थाका केन्द्रिय नेफस्कुनका सञ्चालक गोमा नेपाल, विषेश अतिथिमा बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापा, अतिथिमा बेलका नगरका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुख लगायत रहेका थिए ।

सभामा बोल्दै प्रमुख अतिथि नेपालले बचत गर्ने बानीले आफूलाइ आर्थिक र सामाजिक रुममा सबल बनाउन मदत गर्ने र सुरक्षित रुपमा ऋण लगानी गरि आफ्ना सदस्यलाइ जिबिका पार्जनका आगि अवस्यक सहयोग गर्दै सस्थाले भौगोलिक बातावरण अनुसार विभिन्न तालिम सञ्चालन गर्नुपर्ने बताइन् । ग्रामीण क्षेत्रमा सहकारीमा भन्दा लघुवित्तमा बढी आकर्षण बढेकोले सहकारीको पहुँचको बारे स्थानियलाई सहकारी शिक्षामा जोड दिनुपर्ने बताईन् ।

सभामा बोल्दै विषेश अतिथि बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापाले सहकारीमा आबद्द सम्पुर्ण सदस्यहरुको प्रोफाइल तयार गरि ऋण लगानी गर्दा कुन बिषयमा ऋण भुक्तानी गरिन्छ त्यो बिषयमा सदुपयोग छ छैन भनी अनुगमन गर्न सुझाव दिए। नगर प्रमुख थापाले धेरै वटा सहकारी र लघुबित्तबाट एउटै सदस्यले ऋण झिक्ने र सदुपयोग नहुँदा समस्या आएको बताउदै प्रभावकारी रुपमा ब्यवस्थापन गर्नुपर्ने बताए । सभामा अन्य अतिथिले संस्थाको सफलता को शुभकामना दिएका थिए ।
सभामा संस्थाका अध्यक्ष पुष्पराज सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको लेखा तथा सुपरिवेक्षण प्रतिवेदन लेखा समिती संयोजक मोहन प्रसाद घिमिरेले पेश गरेका थिए भने आर्थिक वर्ष २०७६।०७७ को बार्षिक कार्ययोजना संस्थाका सचिव दमन कुमार कटवालले प्रस्तुत गरेका थिए । 




आगामी बार्षिक कार्य योजनामा संस्थामा सदस्यता वृद्धि, बचतमा प्रोत्साहन गरि बचत वृद्धि गर्ने  संस्थालाइ सामाजिक उत्तरदायी बनाइ सामाजिक कार्यमा समेत संलग्नता गराउने प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

सभामा संस्थाका संस्थापक अध्यक्ष दानबहादुर कटवाललाइ संस्थाप्रति गरेको योगदानको कदर गर्दै दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थामा आबद्ध रहेका विभिन्न ब्याक्तिलाइ विभिन्न बिधामा सम्मान गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट उद्यमी व्यापारव्यवसायी तर्फ भिम राना, उत्कृष्ट उद्यमी पशुपंक्षीपालन तर्फ लक्ष्मी तामाङ, उत्कृष्ट उद्यमी तरकारी खेती तर्फ कुमारी श्रेष्ठ, उत्कृष्ट उद्यमी युवा स्वरोजगार तर्फ राम बहादुर राईलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

संस्थामा आवद्ध शेयर सदस्यका छोराछोरिमध्ये एसईई मा उत्कृष्ट अंक ल्याउने सामुदायिक बिधालय तर्फ अर्चना खड्का र संस्थागत बिधालय तर्फ निरज काफ्लेलाई जनही एक हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

गत आवको अन्त्यसम्म संस्थाको शेयरपूँजी १ करोड ४२ लाख बचतमा १० करोड ६८ लाख ६१ हजार, ऋण लगानी १३ करोड ९४ लाख, जगेडा कोषमा १ करोड २ लाख गरी कुल कारोबार २७ करोड २७ लाख पुगेको छ । 

संस्थाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । गत आवमा संस्थाले ४८ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेका थिए । 

आरम्भ गर्दा २८ जना शेयर सदस्यबाट १ लाख ४० हजार रकमबाट कारोबार थालेको संस्थामा हाल २ हजार ५ सय ६२ जना शेयर सदस्यहरु रहेका छन् ।



संस्थाले बचतमा ८ देखि ११ प्रतिशत ब्याज दिने गरेको छ भने ऋणमा १५ देखि १६ प्रतिशत ब्याज लिने गरेको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif