Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

अपाङ्ग परिवारलाई यूवाहरुको सहयोग : थप सहयोग गर्नुपर्ने देखिन्छ


२०७६ कार्तीक ५ गते , मंगलवार प्रकाशित

  अमृत भट्टराई, बिहादी,पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने  विहादी गाउँपालिका वडा नम्बर ३ रानीपानिको  पस्यारमा रहेको दलित वस्तीमा एउटै घरमा ५ जना अपांग रहेका थिए ।  तर दलित परिवारमा आर्थिक अभावका कारणले गर्दा समयमै उपचार नपाउदा दुई जना अपाङ्गको मृत्यु भइसकेको छ ।   अहिले उक्त परिवारमा ३ छोरी जन्मेदेखि नै २१ वर्षीय मिठु परियार, १८ वर्षीय गंगा परियार र १६ वर्षीय अनिता परियार जन्मेदेख िअहिलेसम्मै ओछ्यानमै परेर त्यसकै सहारामा  बाचेका छन् । उनीहरू एउटै खाटमा विभिन्न सपना बुन्दै बसेका छन्  । केही समय अगाडि उक्त परिवारमा ३ अपांग छन् भन्ने सुनेर विहादी ४ वहाकीमा जन्मेका यूवा  समीर भट्टराई (हाल बुटवलमा बसोबास गर्दै आएका छन्) उनी गाउँघरमा गएको बेला ती अपाङ्ग किशोरीहरुको एउटा  युट्युव भिडियो बनाएर आफ्नो  ‘असम नेप्लिज’ नामको युट्युव च्यानलमाभिडियो राखेका थिए ।उक्त भिडियो हेरेर  देशबाट रोजगारीको सिलसिलामा कतारमा पुगेका नेपाली दाजुभाईहरुलेअरुले जसरी चाडपर्व मनाउछन् त्यसरी नै रमाइलो महशुस गर्दै मनाउन भने उदेश्यले – ज्ञान प्रसाद भुसाल, योगेश राइ, तुलसीराम पौडेल, सन्तोष गुरुङ, बिकाश माझी, राजेश साउद, श्री प्रसाद श्रेष्ठ, लोक प्रसाद भुसाल लगायत युवाहरूले रकम जम्मा गरेर समीर भट्टराईलाई पठाइदिएका थियो ।   जन्मिदै अपांगता भएर जन्मिएका उनीहरुको कम्मर भन्दा तलको भागले काम गर्दैन । साथै शरीरको तल्लो भागको राम्रोसँग विकास भएको छैन । उनीहरु अहिले आफ्नै बुबा आमसँग बस्दै आएका छन् । संकलित सहयोग उक्त अपाङ्ग परिवारलाई हस्तान्तरण गर्दै युवा तथा समाजसेवी समीर भट्टराईले भने — नेपालीको महानपर्व तिहार नजिकै गर्दा उनीहरूको पनि जीवनमा उज्यालो महसुुस होस् भन्ने उदेश्यले युट्युव को भिडियो हेरेर संकलन भएको रु. १० हजार छ सय पचास रुपैयाँ सहयोग रकम मिठुका बाबा र आमालाई  सहयोग प्रदान गरेका थिए ।   गाउँपालिकाले अपांग भत्ता दिने गरेपनि घरको आर्थिक अवस्था कमजोर भएका कारण अपांग छोरीहरुको उपचार र पालनपोषणमा समस्या हुने गरेको तिनका बुबाले बताए । आर्थिक अभावका कारण नै उनका ५ जना अपाङ्ग छोरीहरु मध्ये २ जनाको मृत्यु भएको बताइएको  । त्यो परिवारलाई सरकार र गाउपालिका थप सहयोग गर्नुपर्ने देखिन्छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif