Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

नेता नै अपराध लिप्त छ यहाँ देखिन्न क्वै मानव


२०७६ कार्तीक ५ गते , मंगलवार प्रकाशित


         
  • हर भटराई 
    
सत्ताको मदमा छ वीर्य बलियो जन्माउने हिट्लर ज्युँदै जल्दछ भट्टिमा मनुज नै काटिन्छ खुट्टा शिर खाली छन् सब न्यायका कठघरा उन्मुक्त छन् दानव नेता नै अपराध लिप्त छ यहाँ देखिन्न क्वै मानव
सत्ता स्वार्थ मिलेर नै यति ठुलो संहारमा होमिए

कोही छैन अजम्मरी सब उतै जाने कुरा बिर्सिए
झोलेले पनि देवता सरहका मान्ने यिनै छन्‌ अब
थु: थु: गर्छ करोडले तर यिनै हाँसेर हिड्छन् अझ
 
नारी छैन कतै सुरक्षित यहाँ लुट्ने भए अस्मिता
खोजौँ नैतिकता यहाँ अब कता आफै छ त्यो वेपता
मर्ने मानवता भयो सब गयो भो क्रूरता चम्किने
पीडामा जनता छ आज कसले निस्तार होला दिने

ठेली कानुनका लिएर कति छन् दुष्कर्मको‌ साथमा
कस्ले पुछ्दछ दाग यो मुलुकको लाग्यो सिधै माथमा
मान्छे भित्र रहेन आज किन हो सम्वेदनाको‌‌ स्वर
के को गर्व गरौँ र यो मुलुकमा बस्ने भनी ईश्वर !
Co

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif