Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

धादिङ्ग सिस्नेखोला–काठमाण्डौ नागढुंगा सुरुङ्गमार्ग निर्माण शुरु


२०७६ कार्तीक ५ गते , मंगलवार प्रकाशित

 धादिङ सिस्नेखोलादेखि काठमाण्डौको नागढुंगा थानकोट जोड्ने सुरुङ्गमार्ग बनाउने कार्यको हिजो प्रधानमन्त्री केपी ओलीले एक समारोहका बीच उद्घाटन गरेका छन् ।  जापान सरकारको सहुलियतपूर्ण सहयोगमा २०१८ निर्माण कार्य आरम्भ गरी २०२२ अगस्तमा सम्पन्न गर्ने भनिए पनि यो एक बर्ष बिलम्बगरी शुरु गरिएको छ । जापान सरकारसँग २०७३ पौष ७ (२२ डिसेम्बर २०१७) मा बार्षिक ०.०१५ ब्याजदरमा १० बर्षको ग्रेस अवधी सहित ४० बर्षमा भुक्तानी गर्ने गरी १६.६३ अर्ब जापानी ऐन सुहलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने संझौता भएको थियो । त्यस समयमा २.४५ किमी टनेल रोड र २.६ किमी पहुँचमार्ग सहित ५.०५ किमी संरचनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। 


  यो सुरुङ्गमार्गको निर्माण सम्पन्न भएपछि करीब ६ किलोमिटर जतिको दूरी घट्ने र अर्कोतिर सवारी साधन उपत्यका प्रवेश गर्दा व्यवस्थापन गर्न कठिन हुने ट्राफिक जामको समस्या संधैका लागि समाधान बताइन्छ । यस आयोजनाको मापदण्ड अनुरुप गुणस्तर कायम गर्दै तोकिएको समयमा यसलाई सम्पन्न गर्न कार्यान्वयनको नियमित अनुगमन गर्दै आइपर्ने समस्याहरु तत्काल समाधान गर्न आवश्यक हुन्छ। यसको लागि सरकारको तर्फबाट सडक विभागले कुनै कसर बाँकी नराखी तोकिएकै समयमा सुरुङ्गमार्ग निर्माण गरिनु पर्ने र तोकिएको समय, लागत र गुणस्तरमा मुलुककै नमुना आयोजना बन्नुपर्ने बिज्ञहरुले महत्वपूर्ण सुझाव पनि दिएका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif