Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

बधाई तथा स्वागत कार्यक्रम सम्पन्न


२०७६ कार्तीक ५ गते , मंगलवार प्रकाशित

    शहबाज खान    आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजले नेपाल नेत्रज्योति संघ,दाङ शाखामा मनोनित  भएका सल्लाहकाहरु र सदस्यहरुलाइ्र्र हिजो एक समारोहका बीच स्वागत तथा बधाई ज्ञापन गरेको छ ।    आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षता र नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ६ जना सल्लाहकारहरु र ४ जना कार्यसमिति सदस्यहरुलाई स्वागत गरिएको हो । नेपाल नेत्रज्योति संघ,दाङ शाखामा मनोनित  सल्लाहकारहरुमा पूर्व माननीय बुद्धिराम भण्डारी,शंकर गौतम,तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डीराज लामिछाने,रेश्मीराज शर्मा कंगाली,किरण रेग्मी र उमाकान्त पन्त छन् । त्यसैगरी नेत्रमणि लामिछाने,यम प्रसाद शर्मा पाण्डे,तेज प्रसाद आचार्य र गीता भुसाल नोपल नेत्रज्योति संघ,दाङ शाखाको कार्यसमितिमा मनोनित भएका छन् ।    सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै केन्द्रिय सदस्य गिरीले नेपाल नेत्रज्योति संघ,दाङ शाखाले समय अनुसार शाखा अन्तर्गत संचालित ३ वटा आँखा अस्पतालहरु राप्ती आँखा अस्पताल,छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल र लमही आँखा अस्पताल तथा उपचार केन्द्रहरुलाई भौतिक संरचना बिकास तथा आधुनिक उपकरण प्रयोग गर्दै उच्चस्तरीय सेवा प्र्रवाह गरिरहेको उल्लेख गरे ।    त्यसैगरी पूर्व माननीय बुद्धिराम भण्डारीले आपूm सांसद पदमा रहंदा आँखा अस्पतालको स्तरोन्नतीको लागि आर्थिक सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै आगामी दिनहरुमा पनि अस्पतालको बिकासको लागि सहयोग जुटाउन आपूm तत्पर रहेको र अस्पतालले ३ बर्षे अप्थाल्मिक साइन्स कार्यक्रमको पढाइ्र्रको शुरुवात गरेको तथा आगामी दिनमा यसलाई एमडी लेबलको पढाई गर्ने अध्ययन केन्द्र्रको रुपमा बिकसित गर्नु पर्नेमा जोड दिए । कार्यक्रमका अर्का बक्ता तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डीराज लामिछानेले नेपाल नेत्र ज्योति संघ,दाङ शाखा अन्तर्गतका ३ वटै आँखा अस्पतालहरुलाई प्रदेश नं. ५ कै उत्कृष्ट आँखा अस्पताल बनाउनु पर्ने बताउनु भयो । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालले मनोनित  भएका सल्लाहकारहरु र सदस्यहरुलाई बधाई दिदै नेपाल नेत्रज्योति संघ,दाङ शाखाका पदाधिकारीले अस्पतालको बिकासको लागि स्थानिय निकायहरुसंग समन्वय र सहकार्य गरी आर्थिक सहयोग जुटाउनमा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनहरुमा पनि यस्तो सहयोगको अपेक्षा आपूmले गरेको बताइन् । कार्यक्रममा नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सचिव सुरेन्द्रबहादुर खड्का,सह सचिव चिरन्जीवी रिजाल,राप्ती आँखा अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेल,छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजका प्रशासकीय अधिकृत जसराज विश्वकर्मा,दृष्टि विशेषज्ञ ओम प्रकाश यादव,नेत्र अधिकृत सालिकराम गौतम लगायतले बधाई मन्तव्य व्यक्त गरेका थिए । प्रशासकीय अधिकृत किरण पौडेलले बिषय बस्तुमाथि प्रकाश पारेको त्यस कार्यक्रमको संचालन सूचना अधिकारी बालाराम खड्काले गरेको थियो।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif