Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

बुडोल सामुदायिकद्वारा १५५ ज्येष्ठ नागरिकलाई सम्मानबुडोल सामुदायिकद्वारा १५५ ज्येष्ठ नागरिकलाई सम्मानबुडोल सामुदायिकद्वारा १५५ ज्येष्ठ नागरिकलाई सम्मानबुडोल सामुदायिकद्वारा १५५ ज्येष्ठ नागरिकलाई सम्मानसनराइज बैंकको १२ औं वार्षिक उत्सवमा मानव सेवा आश्रमलाई


२०७६ आश्विन १७ गते , शुक्रवार प्रकाशित

     बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले २९औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर १५५ ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । संस्थाको सामाजिक तथा सास्कृतिक उपसमितिको आयोजनामा संस्थामा आवद्ध ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिक सदस्यहरुलाई दोसल्ला ओढाई खाद्य सामग्री र नगद समेत वितरण गरी सम्मान गरिएको हो । ज्येष्ठ नागरिकहरुलाई बनेपा, धुलिखेल र नाला क्षेत्रमा छुट्टाछुट्टै स्थानमा भेला गरेर र अशक्त ज्येष्ठ नागरिकहरुलाई घरघरमै गएर सम्मान गरिएको थियो । समुदायमा आधारित भई संचालनमा रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सफल संस्थाले विगत १६ वर्षदेखि नै ज्येष्ठ नागरिकहरुलाई निरन्तर सम्मान कार्यक्रमको आयोजना गर्दै आएको छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारको विकास गरी नयाँ पुस्ता र पुराना पुस्ताबिचमा बढ्दै गएको दुरीलाई कम गर्ने उदेश्यले संस्थाबाट कार्यक्रमको आयोजना गरिएको हो । हाल संस्थामा १७८३२ जना आवद्ध रहेको र संस्थाको कुल सम्पत्ति १ अर्ब ६ करोड  ६ लाख ६६ हजार ८ सय ९६ रहेको छ । संस्थाले आर्थिक कारोबार संगसंगै सदस्यहरुलाई विविध आर्थिक सुरक्षाका कार्यक्रम तथा सामाजिक कृयाकलापहरु संचालन मार्फत सदस्य तथा समुदायलाई सेवा पुर्याउदै आएको छ ।            

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif