Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

याङरिमा साकोसको शेयर पूँजी १ करोड ७५ लाख


२०७६ आश्विन १३ गते , सोमवार प्रकाशित

याङरीमा बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारणसभा नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । 

सभाका सभापति एवं संस्थाका अध्यक्ष निर्मल कुमार बञ्जाराले वार्षिक प्रतिवेदन पेश गर्दै समाजमा रहेको ससानो पूँजीलाई संकलन गरी निम्न वर्गको आर्थिक, सामाजिक उत्थानका लागि लगानी गर्दै आएको बताए । सहकारी ऐननियमभित्र रहेर संस्था सञ्चालन गर्दै आएको र समुदायका लागि सहकारी भन्ने मूल मर्मका साथ समयसमयमा विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत सञ्चालन गर्दै आएको उनले बताए । 

संस्थाका कोषाध्यक्ष सानुबाबु गिरीले आ.व. २०७५/७६ को आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए । सो अवधिमा संस्थाको शेयर पूँजी १ करोड ७५ लाख ७३ हजार, बचत संकलन ८ करोड ७१ लाख ४६ हजार, ऋण लगानी ९ करोड २ लाख ५० हजार र जगेडा तथा अन्य कोषहरुमा गरी ८२ लाख रकम रहेको उनले जानकारी दिए ।

लेखा समिति संयोजक मान बहादुर अधिकारीले संस्थामा जम्मा भएको बचतलाई उत्पादनमुखी, कृषि र उद्यमशीलताको क्षेत्रमा लगानी गरी सदस्यहरुको आयस्तर माथि उठाउन सुझाए । सभामा उत्कृष्ट कर्मचारी, शैक्षिक सम्मान, असल बचतकर्ता, असल ऋणी र संस्थालाई सम्मान गरिएको थियो । संस्थाले सदस्यहरुलाई गम्भीर प्रकृतिको रोग लागेमा १० हजार रुपैयासम्म उपचार खर्च उपलब्ध गराउने र काठमाण्डौका केहि अस्पतालहरु विशेष छुटको व्यवस्था मिलाउने भएको छ । 



सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif