Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

शुक्रपथ बहुउद्देश्यीय सहकारीको कारोबार २ अर्ब ८ करोड


२०७६ आश्विन १३ गते , सोमवार प्रकाशित

शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रदेश नं ३ की प्रमुख अनुराधा कोईरालाको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष निरहरी प्रसाद उपाध्यायको सभापतित्वमा साधारण सभा सम्पन्न गरिएको हो । साधारण सभाले संस्थाका अध्यक्षले प्रस्तुत गरेको ०७५र ०७६को बार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले कोषाध्यक्ष जीवनराज ओझाले प्रस्तुत गरेको २०७५।०७६ को बार्षिक प्रतिवेदन , लेखा समितिद्धारा प्रस्तुत गरिने प्रतिवेदन,आ.ब २०७६।०७७ का लागि कार्यकारी प्रमुख नरेन्द्र बिष्टद्वारा प्रस्तुत बार्षिक बजेट, नीति तथा कार्यक्रम समेत पारित गरेको छ । झण्डै दुई अर्ब ८ करोड रुपयाँ कारोवार गर्दै आएको उक्त सहकारी संस्थाको शेयर पूँजी २२ करोड ५९ लाख ६९ हजार ३ सय रहेको छ । काठमाडौं महानगर स्थित प्युखा, न्युरोडमा प्रधान कार्यालय रहेको उक्त संस्थाको कालिमाटी, गोगंबु, चावहिल र तिनकुनेमा सदस्य सेवा केन्द्रहरु संञ्चालित् छन ।

सभामा उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता सदस्य तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । मधुकर वाग्लेले संचालन गरेको उक्त सभामा संस्थाका सदस्य तथा ऋण उप–समितिका संयोजक अर्जुन विश्वकर्माले स्वागत गरेका थिए । साधारण सभाको अबसरमा संस्थाले दुबै मृगौला फेल भएकी कोपीला धामीलाई ५१ हजार १ सय एघार रुपयाँ समेत अर्थिक सहयोग गरेको छ । उक्त रकम संस्थाका संचालक अर्जुन बिश्वकर्माको नेतृत्वमा सहकारी संस्थाका कर्मचारीहरुले संकलन गरेका थिए ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif