Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

सुयोग्य साकोसको १२औँ वार्षिक साधारणसभा सम्पन्न


२०७६ आश्विन १३ गते , सोमवार प्रकाशित

सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १२औँ वार्षिक साधारणसभा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सभामा अध्यक्ष बडालले सदस्यहरुको विश्वास जितेर यस क्षेत्रकै प्रतिष्ठित संस्थाको रुपमा स्थापित भएकोमा खुसी व्यक्त गरे । महासंघले मुलुकको सहकारी अभियानलाई व्यवस्थित र मर्यादित बनाउन  र तीनै तहका सरकारलाई सहकारीका बारेमा बुझाई सहकारी मैत्री ऐननियम बनाउन सघाउ पु¥याएको बताए ।

संस्थाकी अध्यक्ष चित्राकुमारी थाम्सुहाङ सुब्बाले वार्षिक प्रतिवेदन पेश गर्दै सर्वसुलभ रुपमा वित्तीय सेवा उपलब्ध गराइ सदस्यहरुको क्षमता अभिवृद्धि गरी उद्यमशील बनाउने उद्देश्यका साथ संस्था स्थापना भएको र यस अवधिसम्म आइपुग्दा आफ्नै छुट्टै पहिचान बनाउन संस्था सफल भएको उनले बताइन् । वित्तीय अनुशासन र पारदर्शिताको सिद्धान्तलाई सदैव अवलम्बन गरी संस्थाले सदस्यहरुलाई सेवा दिँदै आएको उनले बताइन् । त्यसैगरी सदस्यको सन्तुष्टिको लागि समयानुकूल सेवामा विविधी करण गर्दै नवीन प्रविधिको प्रयोग गरी सदस्यहरुलाई छिटाछरितो र भरपर्दो सेवा उपलब्ध गराउन प्रयासरत रहेको उनले बताइन् । संविधानले नीजि सहकारी र सरकार मिलेर अर्थतन्त्रलाई सबल बनाउने परिकल्पना गरेकाले त्यसतर्फ सहकारीहरु पनि लाग्नुपर्ने उनको भनाई थियो । 



संस्थाले गत आवको अन्त्यसम्म १ करोड ५६ लाख ३८ हजार शेयरपूँजी, १६ करोड ३४ लाख १६ हजार बचत संकलन र १४ करोड ६ लाख २४ हजार ऋण लगानी गरेको छ । संस्थामा १ हजार १३४ जना शेयर सदस्य आवद्ध रहेका छन् । सभामा विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । 

संस्थाले यस आवमा न्यून आय भएका सदस्यहरुलाई उद्यमशील बनाउन सर्वसुलभ रुपमा कर्जा उपलब्ध गराउने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकलाई लक्षित गरी तीर्थाटन र सदस्यहरुको जीवन बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संस्थाले विभिन्न रेमिटान्स सेवाहरु सदस्यलाई उपलब्ध गराउँदै आएको छ भने यूटिलिटी पेमेन्टका सेवालाई प्रभावकारी बनाउँदै लैजाने भएको छ । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif