Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

विश्व मुटु दिवस– अल्का अस्पतालमा निःशुल्क स्वास्थ्यशिविर


२०७६ आश्विन १२ गते , आईतवार प्रकाशित

    ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसकाअवसरमाआइतबार निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ।  ‘स्वस्थ्य मुटु सुरक्षितभविष्य’भन्ने नाराका साथलायन्स क्लवअफ काठमाडौं अल्का र लियो क्लवअफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो। 

  मुटु दिवसकाअवसरमाअल्का अस्पतालले विरामीहरुकालागिविभिन्नल्याव परीक्षणमा छुट दिएको छ।  इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्कगरिएकोअल्का अस्पतालले जनाएको छ।   मुटुरोग सम्बन्धिनिःशुल्क स्वास्थ्यशिविरमाचिकित्सकले सिफारिस गरेका परीक्षणहरु निशुल्कगरिएको अल्का अस्पतालकाप्रमुखकार्यकारी अधिकृत(सिइओ)े दिलिपथापाले बताए।



  उनकाअनुसार निःशुल्कशिविरकाजाँचगरिएकाविरामीहरुलाई १० दिनसम्मकालागिऔषधिपनिनिशुल्कवितरण गरिएको छ। शिविरमाजाँच गरेकाहरुको  १४ दिनसम्ममा एक पटक फलो अपमाआउँदाओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ। विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७लाखभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।  नेपालमाभने  २६ लाखमानिसमाकुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमाउल्लेख रहेको छ। धुमपान, मद्यमाननगर्ने, चिल्लो पिरो नखाने, माछामासु कमखाने र दैनिकब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif