Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

महालक्ष्मी विकास बैंक ठमेल शाखाको उद्घाटन


२०७६ आश्विन १२ गते , आईतवार प्रकाशित

महालक्ष्मी विकास बैंकले काठमाडौँ महानगरपालिका वडा नं.२९, स्थित ठमेलमा शाखा कार्यालयको औिपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर   शिवराज श्रेष्ठले  गरे  भने सभापतिको आसन ग्रहण बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले गरेका थिए  । उक्त कार्यव्रmममा संस्थापक शेयरधनी अर्जुन प्रसाद शर्माको पनि उपस्थिती रहेको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत  लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए ।  बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता उनले जनाए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।             

   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif