Thursday, 09 July, 2020    |    २०७७ असार २५ गते , विहीवार

उठ जाग जनता हो सही बाटो रोज


२०७६ आश्विन १२ गते , आईतवार प्रकाशित

हिजो ढाँटे आज ढाँटे दिन दिनै ढाँटे
बिश्वास छैन तिनको अब हेर मरेकाटे  

देशघातीका भ्रष्ट कुरा कति सुन्नु सुन्नु
थाकीसके कान पनि हातले कति थुन्नु  

भड्खालोमै जाक्ने भए यिनले देशलाई
परिबर्तन इतिहासको कुरा बन्यो भाइ  

समस्याको थुप्रोमाथि जनता छ हेर 
एक दिन बिस्फोट हुन्छ सहन नसकेर 

इतिहासले सही बाटो लिन्छ लिन्छ फेरि
कति बस्ला  अत्याचारलाई टुलुटुलु हेरी  

सगरमाथाभन्दा अग्लो भ्रष्टाचारको बोझ
जनताले गर्छ गर्छ बिकल्पको खोज  

गर्न दिनु हुन्न अब चुसाहालाई मोज
उठ जाग जनता हो सही बाटो रोज  !  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif