Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

आठ बिद्यार्थी दशै पछि आन्दोलनमा


२०७६ आश्विन ११ गते , शनिवार प्रकाशित

 बिभिन्न दल सम्वन्धि आठ बिद्यार्थी संगठहरुले आज राष्ट्रिय र शैक्षिक महत्वका बिभिन्न ज्वलन्त मागहरु अघि सार्दै र एउट संयुक्त प्रेस बिज्ञप्ति निकाल्दै मेडिकल कलेजका बिद्यार्थीहरुको बढी अलुश गरेको शुल्क ब्याज सहीत तुरुन्त फिर्ता दिन, बिज्ञान संकायको क्बान्तम  परीक्षाको अनियमिततको बिरोध गर्दा समस्या परेका बिद्यार्थीहरुलाई पुनः परीक्षा दिन ब्यवस्था मिलाउन र नेपालको मौलिक सँस्कृतिमाथि भइरहेराष्ट्रिय र शैक्षिक महत्वका बिभिन्न ज्वलन्त मागहरु अघि सार्दै को हमला रोक्न तथा  दशै लगायत चाडपर्वका बेला गुणस्तर हीन सामानमा रोक लगाउन, मूल्य बृद्धि कम गर्न र सुलभ तरीकाले आम जनताालई आवश्यक सामाग्री उपलब्ध गराउन समेत माग गरेका छन् । सरकार र सम्बद्ध निकायले यी मागहरुप्रति बेवास्ता गरेमा   बिद्यार्थीहरु दर्शेै पछि संयुक्त आन्दोलनमा उत्रिने कुरा उक्त बिज्ञप्तिमा जनाइएको छ । 

  यसरी संयुक्त बिज्ञप्ति निकाल्ने बिद्यार्थी नेताहरुमा अखिल नेपाल बिद्यार्थी यूनिनका प्रमुख प्रबीण मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष चीरञ्जीबी ढकाल,  अखिल (क्रान्तिकारीं)का अध्यक्ष, आलोक रायमाझी, नेपाल बिद्यार्थी संघका पूर्ब उपाध्यक्ष ऋषिकेश जंग शाह, अनेरास्वबियू(पाँचौ)का अध्यक्ष घनश्याम मिश्र, समाजबादी बिद्यार्थी यूनिनयका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रबादी बिद्यार्थी संघका अध्यक्ष लभप्रसा अर्याल, नेपाल आदिबासी, जनजाती बिद्यार्थी संघका अक्षक्ष दुजाङ्ग शेर्पा रहेका छन् । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif