Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

गाम्चा साकोसको एघारौं वार्षिक साधारणसभा सम्पन्न


२०७६ आश्विन ११ गते , शनिवार प्रकाशित

गाम्चा बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष विकास खड्काको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले साधारणसभा भनेको गत वर्षभरि गरेको कामको समीक्षा गर्ने र सदस्यको सुझावलाई समेटी आगामी वर्षका लागि कार्ययोजना प्रस्तुत गर्ने थलो भएकाले सदस्यहरुको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । गाम्चा साकोसले भक्तपुर जिल्लाकै सफल संस्थाको रुपमा परिचय बनाउन सकेको भन्दै आगामी दिनमा संस्थाले अझ उचाई हासिल गर्न सकोस् भन्ने शुभकामना उनले दिए । अबको ३ वर्ष भित्र सडक, खानेपानी, अस्पताल, विद्यालय सबै क्षेत्रमा भक्तपुरलाई मुलुककै विकसित जिल्ला बनाउने हिसाबले काम अगाडि बढेको सो अवसरमा उनले बताए ।

संस्थाका अध्यक्ष खड्काले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले न्यून आय भएका यूवा, उद्यमी, कृषक र पिछडिएका वर्गलाई समेटी अगाडि बढेको बताए । संस्थालाई पैसा लिने र दिने थलोको रुपमा मात्र विकास नगरी सामाजिक सुरक्षामा पनि केन्द्रित बनाउनुपर्छ भन्ने उद्देश्यले जन्मदेखि मृत्यु कर्मसम्म सदस्यसँग हातेमालो गरेर अगाडि बढिराखेको उनले जनाए ।



संस्थाका सचिव विदुर खड्काले आ.व. २०७५।०७६ को प्रगति प्रतिवेदन पेश गर्दै ज्येष्ठ सदस्यहरुलाई सम्मान, सुत्केरी पोषण, महिला सदस्य र लघुवित्त समुहलाई लक्षित गरी तीज विशेष कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, एकल महिला र फरक क्षमताका व्यक्तिहरुलाई सम्मान तथा आर्थिक सहयोगका कार्यक्रम गरिएको सभामा जानकारी दिए । 

संस्थाका कोषाध्यक्ष सुशील खड्काले गत आ.व.को आर्थिक प्रतिवेदन पेश गर्दै संस्थामा २ हजार ५४४ शेयर सदस्य र ४१ वटा महिला समुह रहेको बताए । त्यसैगरी संस्थाको शेयरपूँजी १ करोड ४० लाख ७६ हजार, बचत संकलन १० करोड ५६ लाख २३ हजार र ऋण लगानी ९ करोड ८२ लाख ४९ हजार पुगेको उनले बताए ।

सभामा उत्कृष्ट दैनिक बचतकर्ता, खुत्रुके बचतकता, शेयरकर्ता, गाम्चा विशेष तथा एसईईमा उत्कृष्ट अंक ल्याउनेहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी सभामा अरनिको माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुको पढाईमा सहयोग पु¥याउने उद्देश्यले संस्थाको तर्फबाट १० हजार र विनोद खड्काको तर्फबाट जेहेन्दार विद्यार्थीहरुलाई २० हजार रकम प्रदान गरिएको थियो । उपाध्यक्ष देवलाल राजथलाले स्वागत मन्तब्य राखेका थिए भने सचिव विदुर खड्काले सभा सञ्चालन गरेका थिए । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif