Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

प्रविण निरौला लिखित “तिरस्कृता” लोकार्पण


२०७६ आश्विन ११ गते , शनिवार प्रकाशित

  राजधानीको कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा हजिो  प्रमुख अतिथि शताब्दि पुरुष सत्यमोहन जोशी , बिशेष अथिति प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया , लेखक प्रविण निरौला र लेखनकुन्जका अध्यक्ष कमल ढकाल , साहित्यकार नर्वदेश्वरी सत्याल ,साहित्यकार अनिल पौडेलले संयुक्त लोकार्पण गरे ।   कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालमा यस्तो खालको पुस्तकको आवश्यकता रहेको र बिदेशमा बसेर नेपाली साहित्यको सेवा गरेकोमा लेखक प्रविण निरौलालाई हार्दिक धन्यवाद दिए । 
  बिशेष अतिथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्वैर कल्पनामा आधारित पुस्तकले नेपाली साहित्यमा नयाँ पुस्तक मात्र हैन उल्लेखनीय पुस्तक ल्याएको भने । 
  साहित्यकार नर्वदेश्वरी सत्यालले यो उपन्यासले कल्पना गरेको ग्रह जस्तै नारीहरुको अवस्था भए हामी सुखी हुने थियौ भन्दै तिरस्कृता जस्तै ग्रह पृथ्वीमा कतै हुन सक्ने बताइन्  ।  
  साहित्यकार अनिल पौडेलले नेपाली साहित्यमा आएको नयाँ प्रकारको यो पुस्तकले आफुलाई तानिरहेको भावना ब्यक्त गरे ।    कमल ढकालले नेपाली साहित्यले बिश्व आकाशमा लैजान बाहिर बसेर साहित्यमा सेवा गरिरहनु भएका प्रविण जस्तो युवा पुस्ताले सम्भव हुने र त्यो कारण पनि आफु प्रविण निरौलाको तिरस्कृताप्रति आकृष्ट भएको बताए ।    लेखक प्रविणले आफुमा पहिले देखि नै साहित्यको रस भएको र बैकको जागिर छाडेर अष्ट्रेलिया गए पनि त्याहा आफुले आफ्नो पाईरहेको काम छाडेर तिरस्कृताको लेखनमा संलग्न भएको भविष्यमा पनि आफु साहित्यमा लागेर नेपाली साहित्यको श्रीबृद्धिमा लागिरहने पहिलो प्रयास स्वरुप तिरस्कृता लेखेको र यसको सिरिजको रुपमा अरु पुस्तक पनि निकाल्दै जाने प्रतिबद्धता जाहेर गरे । 
  मूल्य ३ सय ७५ रहेको यो तिरस्कृता सिमल बुकले प्रकाशन गरेको हो ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif