Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

प्रदेश सभा सांसदद्वारा किसानको पैसा दुरुपयोग गरेको आरोप


२०७६ आश्विन ९ गते , विहीवार प्रकाशित

  
शहबाज खान

कपिलवस्तुका किसानहरुले आर्थिक बर्ष २०७१/७२ को अनुदान रकम २५ रुपैया प्रति क्विन्टलक दरले २ करोड ४८ लाख २३हजार रुपैया  भुक्तानी नपाएकोले ५ बर्ष देखि चक्काजाम , अनशन , ज्ञापनपत्र लगायत विभिन्न किसिमको आन्दोलन गरी सरकारसँग माग गर्दै आएका रकम मील मालिकले २०७१/७२ मा नै बुझिसकेको तथ्य बाहिर आएको छ । अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई मिति २०७५/११/१ मा पठाएको पत्र संख्या १६३३ अनुसार आ वा २०७१/७२ को रकम मुल्य अभिबृद्धी कर संगै समायोजन गरि श्रीमहालक्ष्मी सुगर्स मील जवाभारीलाई भुक्तानी दिएकोले किसानहरुलाई दिने रकम उक्त उद्योगबाट भुक्तानीको ब्यवस्था गर्नुहुन मिति २०७५/१०/२५ को माननीय मन्त्रीपरिषद को निर्णय अनुसार अनुरोध गरिएकोछ । मील मालिक बिरेन्द्र कुमार कनोडिया पूर्ब राज्यन्त्री तथा हाल काङ्ग्रेस पार्टीबाट निर्वाचित प्रदेश सभासद समेत हुन् । पद, पावर र पैसाको दुरुपयोग गरेर गरीब किसानहरुलाई ठगी गरिरहेको किसानहरुले उनमाथि आरोप लगाइरहेका छन ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif