Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

दशैको मूर्ति बिसर्जनको बेला कुनै अबाञ्छित कृयाकलाप हुन नदिइने


२०७६ आश्विन ९ गते , विहीवार प्रकाशित

   
शहबाज खान 
कपिलवस्तुको कृष्णनगर जिल्लाको अति संवेदनशील ठाउ भएकाले हिजो बुधवारका दिन जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हालमा एउटा छलफल कार्यक्रम सम्पन्न भएको थियो।   कार्यक्रममा सांसद (संघीय) अभिषेक प्रताप शाह,सांसद (प्रदेश सभा) विरेन्द्र कनोडिया,प्रमुख जिल्लाधिकारी गजेन्द्र बहादूर शाह,प्रमुख सेनानी तुरेन्द्र बिक्रम,सशस्त्र प्रहरी उपरिक्षक जनकपुरी,अ.उ.निरिक्षक जयेन्द्र प्रसाद उपाध्याय,ना.प्र.उ.सुनिल मल्ल,स.प्र.ना.उ.सुशील शाही,सेनानी सुरेन्द्र के.सि.समाजवादी पार्टीका प्रदेश.सदस्य अकरम पठान,जमाल शाह,ईप्रका कृष्णनगर प्र.नि.प्रताप पौडेल,समाजसेवी अजय उपाध्यय,नेपाली कांग्रेस का ५नं.प्रदेश का क्षेत्रीय सभापति अकिल मिया, सत्ताकारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खां,उद्योग वाणिज्य संघ कृष्णनगरका सचिव पंकज गुप्ता,स.प्र.ना.निरीक्षक सुरेश न्यौपाने,लगायत सुरक्षा निकायका जवानहरु समाजसेवी,शिक्षाप्रेमी भद्रभलादमी,पत्रकार हरुको उपस्थितीमा बैठक सम्पन्न भएको थियो । यस बैठकममा प्रमुख जिल्लाधिकारी लगायत उपस्थित सबै पदाधिकारी,समाजसेवी,बुद्धाजिवी हरु को सहभागिला मा केही बूदाहरुमा निर्णय गरी आउदै गरेकामहान चाड पर्ब दशै तिहारको अग्रीम शुभकामना अदान प्रदान पनि गरिएको थियो ।   हिन्दू धर्मावलम्बीहरुले मनाउने दशै पर्वमा मूर्ति विसर्जनको विषयलाई लिएर हुने कुनै पनि अवान्छित क्रियाकलाप हुन नदिने सबै पक्षले आफ्नो तर्फबाट समन्वयात्मक भूमि निर्वाह गर्ने,कृष्णनगर क्षेत्रमा समाजिक सदभव,आपसी भाइचारा धार्मिक सहिष्णुता तथा सुरक्षा व्यवस्था शान्ति पूर्ण बनाई राख्न सबै राजनितीक दल,धर्म गुरु,विभिन्न पेशागत संघ, संगठनले एक अर्कालाई सहयोग र समन्वय गरी प्रशासन तथा सुरक्षा निकाय लाई आवश्यक सहयोग गर्नाको लागि एक अर्का लाई अग्रह गर्ने निर्णय गरिएको थियो । चाड पर्वलाई लक्षित गरी मदिरा निषेध,बोर्डर शिल,दुर्गा बिसर्जनको रुट निर्धारण, विसर्जनको शुरु र समापन हुने समय,स्वयम सेवक परिचालन,सवारी चालकको व्यबस्थापन,मस्जिदमा ठूलो बत्ती र सि.सी.क्यामरा(नगरपालिका),फ्लायस क्यमरा,मर्यादित गित,मस्जिद खाली गर्ने बिषय,भारतीय झण्डाको प्रयोग,तरवार नचाउने बिषय,एक मूर्ति बाट अर्को मूर्ति र मान्छे जान नदिने,जस्ता सम्बन्धित बूदाहरु छलफलमा समावेश भएको सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा कृष्णनगर का गुल्मपति सशस्त्र प्रहरी उपरिक्षक सुशील शाहीले बताएका थिए।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif