Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

राष्ट्रपति शीले उद्घाटन गरे बिशाल अत्याधुनिक बिमान स्थल


२०७६ आश्विन ९ गते , विहीवार प्रकाशित

  जनबादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बेइजिङमा ११ अर्ब डलर खर्च गरेर बनाइएको अत्याधुनिक विशाल विमानस्थल हिजोबाट  सञ्चालनमा आएको छ।  

चीनका राष्ट्रपपित शी निजङ्गले यो बिमान स्थलको हिजो सेप्टेम्बर २५ का दिन बेइजिङस्थित डाशिङ अन्तर्रा्ष्ट्रिय विमानस्थलको  औपचारिक उद्घाटन गरेका छन् ।  बिमान स्थलको उद्घाटन गर्दै राष्ट्रपतिले दासिङ्ग बिमान स्थललाई बिश्व स्तरको अन्तर्राष्ट्रिय हब बनाउन आग्रह गरे ।


झण्डै सात लाख बर्ग किलोमिटर जति क्षेत्रमा फैलिएको यो बिशाल बिमान स्थल ९८ वटा फूटबल ग्राउण्ड जति नै भएको प्रसिद्ध चिनीया समाचारपत्र   चाइना डेलीले जनाएको छ। चीनको एअरपोर्ट काउन्सिलका अनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो। बिश्वमा अहिले एट्लाण्टा विमानस्थल व्यस्त विमानस्थलहरूको सूचीमा शीर्ष स्थानमा छ।

  चीनको राजधानी बेइजिङ्गमा बिमान यात्रुहरुको ठूलो चाप बढ्दै गएकोले यो नयाँ र अत्याधुनिक सुबिधायुक्त बिशाल बिमान स्थल बेइजिङ्गमा निर्माण गर्नु परेको सरकारी अधिकारीहरुले औंल्याएका छन् ।   

नब निर्मित यो डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको पनि बताइएको छ ।   

आगामी सन् २०२५ सम्ममा बेइजिङ आउने अनुमान गरिएका १७ करोड मानिसमध्ये धेरैजसो अब यहीm विमानस्थल हुँदै  आउने अपेक्षा पनि गरिएको छ ।   चिनीयाँ राष्ट्रपतिद्वार उद्घाटित यो नयाँ विमानस्थलबाट हिजैदेखि सातवटा आन्तरिक विमानसेवाले उडान आरम्भ  गर्ने अर्को प्रसिद्ध चिनीया पत्रिका ग्लोबल टाइम्सले जनाएको छ ।  

समाचार अनुसार बिश्वका प्रसिद्ध बृटिश एअरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्राष्ट्रिय विमानसेवाहरुले पनि डाशिङमा नब निर्मित यो बिशाल बिमान स्थलमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन्।  

चीनको यो नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएको समाचारमा उल्लेख छ । हिजोदेखि यो चीनको नयाँ विमानस्थल सञ्चालनमा ल्याइएपछि बेइजिङमा पनि न्यूयोर्क र लण्डनमा जस्तै दुइटा ठूला अन्तर्राष्ट्रिय विमानस्थलले सेवा दिने भएका छन् ।

  यसभन्दा पहिला सन् १९५८ मा शुरु भएको बेइजिङ क्यापिटल विमानस्थललाई अहिलेसम्म १० करोडभन्दा बढी मानिसले प्रयोग गरिसकेको बताइएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif