काभ्रे । बनेपामा रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं साधारण सभा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष उदयराम कायस्थले गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि केबि उप्रेतीले सहकारीका लागि २५ प्रतिशत मात्र अनुकुल वातावरण रहेको र यसलाई सुधार गर्न सकिने बताएका थिए । साथै एक व्यक्ति, एक प्रकृति, एक संस्था लागु हुने भन्दै सबै सहकारीकर्मीहरुलाई एकताबद्ध भएर अगाडि बढ्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा सचिव सरोज तिमल्सेनाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामशरण राउतले आर्थिक प्रतिवेदन र लेखा संयोजक विकास पन्तले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आ.व. २०७५।०७६ को अन्त्यसम्मा संस्थाको कुल शेयर पूँजी ३ करोड ८१ लाख ३५ हजार, बचत तथा निक्षेपतर्फ २५ करोड ३२ लाख १७ हजार ८ सय १५ रहेको बताइएको छ । हाल संस्थामा बाल सदस्य सहित ८ हजार ७७ जना आवद्ध रहेका छन् ।
कार्यक्रममा उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट बाल बचत कर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो ।
उक्त सभाले पुनः उदयराम कायस्थको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्ष भिम प्रसाद शर्मा, सचिव सरोज कुमार तिमल्सिना, कोषाध्यक्ष रामशरण राउत, सहसचिव पुरुषोत्तम शर्मा, सह–कोषाध्यक्ष अनु मुस्याजु, सदस्यहरुमा तुलसीदेवि मानन्धर, कल्पना मानन्धर, देवकी आचार्य दुलाल, कौशलराज खड्का, सुरेश मानन्धर रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा विकास पन्त तथा सदस्यहरुमा श्याम कुमार तिमल्सिना र रेश्मा श्रेष्ठ रहेका छन् ।
नवराज ढकाल र सिताराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा कौशलराज खड्काले स्वागत मन्तव्य राखेका थिए ।