Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

विन्धवासिनी साकोसको २६औं साधारण सभा दुई चरणमा सम्पन्न


२०७६ आश्विन ८ गते , बुधवार प्रकाशित

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २६औं वार्षिक साधारण सभा एवं दोस्रो क्षेत्रीय भेला दुई चरणमा गरी सम्पन्न गरेको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत २०७६ असोज ३ गते शुक्रबार  क्षेत्रीय अन्तर समिति कार्यालय बनेपा, ढुंखर्क र पाँचखालमा सम्पन्न गरेको छ भने दोस्रो चरण अन्तर्गत असोज ४ गते शनिवार खोपासी, पनौती र भकुण्डेमा सम्पन्न गरेको छ ।

क्षेत्रीय अन्तरसमिति बनेपामा संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको सभापतित्वमा एवं बनेपा नगरपालिकाका उपप्रमुख रेखा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका द्वितीय उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी, पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना लगायत विभिन्न संघसंस्थाबाट आतिथ्यता रहेको कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य बनेपाक्षेत्रीय  अन्तरसमिति संयोजक मोहनप्रसाद हुमागाइले व्यक्त गरेका थिए । कार्यालय व्यवस्थापक रामचन्द्र थापाले बनेपा कार्यालयको असोज २ गतेसम्मको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको एकमुष्ट विस्तृत प्रतिवेदन लेखा तथा प्रशासन विभागका विभागिय व्यवस्थापक त्रिलोचन घिमिरेले प्रस्तुत गरेका थिए ।

सचिव रामशरण भण्डारीले आफ्नो प्रतिवेदन सहित आगामी आ.व. २०७७।७८ का प्रस्तावित कार्यक्रम एवं विनियम संसोधनप्रस्ताव पेश गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन एव प्रस्तावित कार्यक्रम संचालक सदस्य देवकी हुमागाईले पेश गरेकी थिइन् । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिका सदस्य सुशीला वादे कतिलाले  लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन्  भने कार्यक्रम संचालन संचालक सदस्य पुनम घिमिरेले गरेकी थिइन् ।

त्यसैगरी क्षेत्रीय अन्तर समिति ढुंखर्कमा  संस्थाका कोषाध्यक्ष शान्त कुमार श्रेष्ठको सभापतित्वमा एवं बेथानचोक गाउपालिकाका प्रमुख प्रेम वहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा  स्थानीय निकायका जनप्रतिनिधि एवं संघसंस्थाहरुको आतिथ्यता रहेको कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य ढुंखर्क क्षेत्रीय  अन्तरसमिति संयोजक भिमसेन तिमल्सिनाले व्यक्त गरेका थिए । कार्यालय व्यवस्थापक राजेन्द्र बन्जाराले ढुंखर्क कार्यालयको असोज २ गतेसम्मको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको एकमुष्ट विस्तृत प्रतिवेदन प्रमुख व्यवस्थापक के.वि. लामा स्यांतान्ले प्रस्तुत गरेका थिए ।

संस्थाका सचिवको प्रतिवेदन तथा आगामी आ.व. २०७७।७८ को प्रस्तावित कार्यक्रम एवं विनियम संसोधनसम्वन्धमा संचालक सदस्य राजेन्द्र गुरागाईले प्रस्ताव पेश गरेका थिए भने सभापति एवं संस्थाका कोषाध्यक्ष शान्त कुमार श्रेष्ठले आफ्नो कोषाध्यक्षको प्रतिवेदन एवं प्रस्तावित कार्यक्रम पेश गरेका थिए । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिका संयोजक सुन्दर श्रेष्ठले आन्तरिक लेखापरीक्षण तथा वाह्य लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए  भने कार्यक्रम संचालन संचालक सदस्य गोविन्द प्रसाद अधिकारीले गरेका थिए । 

यसैगरी क्षेत्रीय अन्तर समिति पाँचखालमा संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि एवं संघसंस्थाहरुको आतिथ्यता रहेको कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य पाँचखाल क्षेत्रीय  अन्तरसमिति संयोजक गणेश प्रसाद पराजुलीले व्यक्त गरेका थिए । कार्यालय व्यवस्थापक सुरज अधिकारीले पाँचखाल कार्यालयको असोज २ गतेसम्मको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको एकमुष्ट विस्तृत प्रतिवेदन सूचना प्रविधि एवं तालिम प्रशिक्षण विभागका विभागिय व्यवस्थापक मित्र प्रसाद दाहालले प्रस्तुत गरेका थिए । 

संस्थाका सचिवको प्रतिवेदन तथा आगामी आ.व. २०७७।७८ को प्रस्तावित कार्यक्रम एवं विनियम संसोधन  सम्वन्धमा संचालक सदस्य डोरेन्द्रराज सापकोटाले प्रस्ताव पेश गरेका थिए भने संचालक सदस्य भिम वहादुर के.सीले कोषाध्यकोे प्रतिवेदन एवं प्रस्तावित कार्यक्रम पेश गरेका थिए । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिका सदस्य रामकुमार श्रेष्ठले आन्तरिक लेखापरीक्षण तथा बाह्य लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए  भने कार्यक्रम संचालन संचालक सदस्य डोरेन्द्रराज सापकोटाले गरेका थिए । 

यसैगरी क्षेत्रीय अन्तर समिति खोपासीमा  संस्थाका उपाध्यक्ष भिमसेन सापकोटाको सभापतित्वमा एवं संस्थाका पूर्व अध्यक्ष भरत प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा  स्थानीय निकायका जनप्रतिनिधि एवं संघसंस्थाहरुको आतिथ्यता रहेको कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य क्षेत्रीय अन्तरसमितिका सचिव सुमन प्रसाद हुमागाईले व्यक्त गरेका थिए ।

निमित्त कार्यालय व्यवस्थापक तिर्थलाल जाकिबन्जारले खोपासी कार्यलयको असोज ३ गतेसम्मको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको एकमुष्ट विस्तृत प्रतिवेदन प्रमुख व्यवस्थापक के.वि.लामा स्यांतान्ले प्रस्तुत गरेका थिए । 

संस्थाका सचिवको प्रतिवेदन तथा आगामी २०७७।७८को प्रस्तावित कार्यक्रम एवं विनियम संसोधन  सम्वन्धमा संचालक सदस्य गोविन्द प्रसाद अधिकारीले प्रस्ताव पेश गरेका थिए भने कोषाध्यक्ष शान्त कुमार श्रेष्ठले आफ्नो कोषाध्यको प्रतिवेदन एवं प्रस्तावित कार्यक्रम पेश गरेका थिए । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिका संयोजक सुन्दर श्रेष्ठले आन्तरिक लेखापरीक्षण तथा वाह्य लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन संचालक सदस्य राजेन्द्र गुरागाईले गरेका थिए ।

यसैगरी क्षेत्रीय अन्तर समिति पनौतीमा संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा एवं पनौती नगरपालिकाका कार्यबाहक मेयर गिता बन्जाराको प्रमुख आतिथ्यतामा तथा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामहरी के.सी.को विशेष आतिथ्यतामा  सम्पन्न उक्त कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि एवं संघसंस्थाहरुको आतिथ्यता रहेको कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य क्षेत्रीय  अन्तरसमितिका सचिव रघुनाथ हुमागाईले व्यक्त गरेका थिए । कार्यालय व्यवस्थापक देवक श्रेष्ठले पनौती कार्यलयको असोज ३ गतेसम्मको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको एकमुष्ट विस्तृत प्रतिवेदन सूचना प्रविधि तथा तालिम विभागका विभागिय व्यवस्थापक मित्र प्रसाद दाहालले प्रस्तुत गरेका थिए । 



संस्थाका सचिवको प्रतिवेदन तथा आगामी २०७७
७८को प्रस्तावित कार्यक्रम एवं विनियम संसोधन सम्बन्धमा संचालक सदस्य पुनम घिमिरले प्रस्ताव पेशगरेकी थिईन् भने कोषाध्यकोे प्रतिवेदन एवं प्रस्तावित कार्यक्रम शिक्षा उपसमिति सदस्य संगिता रावलले पेश गरेकी थिइन् । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिका सदस्य रामकुमारश्रेष्ठले आन्तरिक लेखापरीक्षण तथा वाह्य लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए  भने कार्यक्रम संचालन संचालक सदस्य देवकी हुमागाई र क्षेत्रीय अन्तर समिति सदस्य रघुनाथ हुमागाईले संयुक्त रुपमा गरेका थिए ।

यसैगरी क्षेत्रीय अन्तर समिति भकुण्डेमा संस्थाका सचिव रामशरण भण्डारीकोको सभापतित्वमा एवं रोशी गाउँपालिका अध्यक्ष डि.वि लामाको प्रमुख आतिथ्यतामा तथा नमोबुद्ध नगरपालिकाका उपमेयर रामदेवि तामाङ, तिमाल गाउपालिका अध्यक्ष सलाम सिं तामाङ र रोशी गाउपालिका उपाध्यक्ष लक्ष्मी बर्ताैलाको विशेष आतिथ्यतामा  सम्पन्न उक्त कार्यक्रममा  स्थानीय निकायका जनप्रतिनिधि एवं संघसंस्थाहरुको आतिथ्यता रहेको कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य क्षेत्रीय  अन्तरसमितिका संयोजकश्यामकृष्ण श्रेष्ठले व्यक्त गरेका थिए । कार्यालय व्यवस्थापक राजेन्द्रश्रेष्ठले भकुण्डे कार्यलयको असोज ३ गतेसम्मको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको एकमुष्ट विस्तृत प्रतिवेदन लेखा तथा प्रशासन विभागका विभागिय व्यवस्थापक त्रिलोचन घिमिरेलेले प्रस्तुत गरेका थिए । 

संस्थाका सचिवको प्रतिवेदन तथा आगामी २०७७।७८को प्रस्तावित कार्यक्रम एवं विनियम संसोधन  सम्वन्धमा सभापति एवं सचिव रामशरण भण्डारीले प्रस्ताव पेशपारित गरेका थिए भने कोषाध्यक्षकोे प्रतिवेदन एवं प्रस्तावित कार्यक्रम संचालक सदस्य डोरेन्द्रराज सापकोटालेपेश गरेका थिए त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिका सदस्य शुशिला बादे कतिलाले आन्तरिक लेखापरीक्षण तथा वाह्य लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रम संचालन संचालक सदस्य भिम वहादुर के.सी.ले गरेका थिए ।

सोही अवसरमा संस्थाले आफ्ना सदस्यलाई जेष्ठ सदस्य सम्मान, उत्कृष्ट एसईई सम्मान, अपाङ्ग सदस्य सम्मान, उत्कृष्ट लघुवित्त तथा मिश्रीत समुह सम्मान, उत्कृष्ट शैक्षिक बालबचतकर्ता सम्मान तथा उत्कृष्ट अधिकतम शेयर खरिदकर्ता सम्मान  प्रदान गरेको थियो । 

उक्त साधारण सभामा हालसम्म ३४ हजार २ सय १८ शेयर सदस्य र शैक्षिक बालबचतकर्ता ७ हजार १ सय ३५ गरी जम्मा सेवाग्राही ४१ हजार ३ सय ८२ रहेको कार्यक्रममा जानकारी गराइएको थियो । संस्थाको कुल पुँजी २ अर्ब ७० करोड ५४ लाख, ७ हजार ७ सय ७, शेयरपुँजी २८ करोड ८६ लाख २६ हजार ९ सय, निक्षेप संकलन १ अर्ब ९९ करोड ४० लाख ३० हजार ९ सय ९ र ऋण लगानी २ अर्ब ११ करोड ९० लाख ५५ हजार १ सय ६५ रहेको जानकारी गराईएको थियो ।

साथै संस्थाले आ.व २०७५।०७६ मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को प्राविधिक सहयोगमा अक्कुबाट संचालित एक्सेस कार्यक्रममा पुन एक्सेस ब्राण्ड नविकरण गर्न सफल भएकोमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी समिति उपसमिति तथा सहकारीकर्मीहरुमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।



सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif