Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

कपिलबस्तुको चन्द्रौटामा एलआईसीको शाखा उद्घाटन


२०७६ आश्विन ८ गते , बुधवार प्रकाशित

 शहबाज खान


लाइफ इन्स्योरेन्स कार्पोरेशन नेपाल (LIC )को ६४औं शाखा  शिवराज नगरपालिका चन्द्रौटामा  संचालन भएको  छ । हिजो असोज ७ गते मंगलवार शाखाको उद्घाटन भएसंगै एलआईसीको यो शाखा विस्तार भएको हो ।
  एलआईसीकम्पनीका सिइओ लक्ष्मी प्रसाद दासले कार्यालयको रिबन काटेर शाखाको शुभारम्भ गर्दै नेपालमा एलआईसीको ६४औं ब्रान्च संचालनमा आएको बताए । जीवन बीमा कम्पनीहरुमा अलग्गै पहिचान बनाउन र सर्बाधिक बोनस  दिन सफल भएको एलआइसीले जनतामा प्रिमियर  रिटर्नमा विश्वास कायम गरेको जनाए ।   आधुनिक सभ्यतासँगै मानवको जीवन शैलिमा परिवर्तन आएको र परिवर्तनसँगै मानिसको जीवनमा रिक्स रहेकोले एलआइसी जीवन विमाले मानिसलाई सुरक्षित अनुभव गराएको उनले बताए ।   रु.२५ करोड लगानीमा सुरु भएको कम्पनी हाल ५ हजार करोडमा पुगेको सिइओ दासले बताए । अभिकर्ताको मेहनतले सफता दिएको पनि उनले उल्लेख गरे । २५ प्रतिशतले मात्रै बीमा गरेको अवस्थामा बजारमा जति धेरै बप्मा कम्पनीहरु भए पनि ब्राण्ड र जनताले विश्वास गर्ने एलआईसी नै भएकोले अझ धेरै मेहनत गर्न पनि उनले आग्रह गरेकाछन  ।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif