Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

सामाजिक सेवा दिवसमा ६० जनाको निःशुल्क शल्यकृया


२०७६ आश्विन ७ गते , मंगलवार प्रकाशित

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.८ बहादूरगंजमा रहेको छन्द(काले बाबू) नारायणी आँँखा अस्पतालले हिजो सोमबारका दिन ४०औ समाजिक सेवा दिवसको अवसरमा ३४८ जना बिरामीहरुको निशुल्क आँखा जाच गरी ती मधये ६० जना बिरामीहरुको निशुल्क सल्यक्रिया गरेको छ । कार्यक्रममा जग्गादान गरी छन्द(कालेबाबू)नारायणी अस्पताल बहादूरगंजलाई यहा सहयोग गरि ल्याउने जग्गादाता नारायणी शाहको प्रमुख अतिथित्यमा बिरामीलाई फलफूल पनि  वितरण गरिएको थियो ।
  नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजको आयोजनामा “सुखी र समृद्ध राष्ट्रीय सोच,समाज विकास हाम्रो अठोट भन्ने नारा सहित ४०औ समाजिक दिवस मनाए ।  छन्द(काले बाबू)नारायणी आँखा अस्पताल बहादुरगंज को स्थापना सन् २००५ सालमा भएको थियो। उक्त अस्पतालमा नेपाल र छिमेकी मित्रराष्ट्र भारतको मिलाएर ७ लाख ५६हजार९सय३९ जना बिरामीहरुको ओपिडी गरि १लाख ४हजार ५सय ७८जनाको मोतिया बिन्दको सल्यक्रिया पनि  गरिएको छ  हामी अहिले पनि निरन्तर लाभकारी सेवा दिदै आइरहेका छौ । पछिल्लो बर्ष २०१८को तथ्यांकनुसार यहा अस्पतालमा  भारतका बिरामी बढी आएका थिए। बहादूरगंज अस्पतालमा बिरामीको चाप बढि भएकोले भारत र कृष्णनगर को पश्चिमी क्षेत्रका बिरामीहरुलाई सहज, सजिलो र सुविधा कारी सेवा दिनको लागि यसै अस्पतालको  शाखा कृष्णनगरमा पनि रहेको निमित्त मेडिकल डाइरेक्टर सन्तोष सुबेदीले बताएका थिए ।

  कार्यक्रममा प्रमुख अतिथि जग्गादाता नारायणी शाह,अतिथि डा.ज्योति सापकोटा,जयन्ति शाह,नेशनल सर्जिकल सप्लायर का प्रोप्राइटर नसरुल्लाह खाँ लगायत स्थानीय  भद्रभलादमी पत्रकार,अस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो। उक्त कार्यक्रमको अध्यक्षता निमित्त मेडिकल डाइरेक्टर सन्तोष सुवेदी र प्रशासकिय अधिकृत जसराज विश्वर्माको संचालनमा सम्पन्न भएको थियो ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif