Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

अनेवियूका प्रमुख प्रवीण मिश्र प्रहरीद्वारा पक्राउ


२०७६ आश्विन ५ गते , आईतवार प्रकाशित

अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्रलाई प्रहरीले आज बिहान बल्खुबाट पक्राउ गरेको छ । भौतिक शास्त्र विषयको स्नातकोत्तर तह आजको विवादास्पद परीक्षा रोक्न मिश्र सहितको विद्यार्थी गएको टोलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालय लगायतका निकायहरुमा तालाबन्दी गरेको थियो ।  

गत वर्ष २०७५ पौष २९ गतेको एमएसी प्रथम सेमेष्टरको क्वान्टम मेकानिक्स विषयको परीक्षामा भएको प्रश्नपत्र विवाद निराकरण नभइकन २०७६ अशोज ५ गतेका लागि उक्त विषयको परीक्षा राखेको भन्दै उक्त परीक्षा स्थगित गर्न तालाबन्दी गरिएको अखिल नेपाल विद्यार्थी यूनियनले जनाएको छ । 

मर्यादा विपरीतको प्रश्नपत्र, परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशनलाई रद्ध गरी पुनः परीक्षा सञ्चालन गरिनु पर्ने  विद्यार्थीहरुको माग, विषेश छानबिन समितिले कुल ४५ पूर्णाङ्कको प्रश्नपत्रमा ३५ पूर्णाङ्कको प्रश्न पाठ्यक्रम बाहिरबाट आएको तथ्यसहित प्रतिवेदनले भने अनुसार सुनुवाई नगरी त्रिविले जबर्जस्ती परीक्षा कार्यक्रम राखेकोमा उनीहरुले विरोध जनाएका थिए । 

मिश्रलाई पक्राउ गरी आज निर्धारित परीक्षा गराइएको छ । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif