Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

प्रलेसले कमरेड पुष्पलालका यी कुरामा ध्यान देला ?


२०७६ आश्विन ५ गते , आईतवार प्रकाशित

नेपाली क्रान्तिका मार्ग दर्शक कमरेड पुष्पलालले नेपालको सँस्कृति र साँस्कृतिक रुपान्तरण बारेमा प्रष्ट मार्ग निर्देशन गर्नु भएको छ र उहाँले नेपाली जनताका बुद्धिजीवीहरुले के कसरी साँस्कृतिका रुपान्तरणको आधार तयार गर्नु पर्दछ भन्ने कुराको दिग्दर्शन गराउनु भएको छ  :


  उहाँले लामो ब्याख्याकासाथ सार निकाल्दै भन्नु भएको नयाँ जनबादी सँस्कृति राष्ट्रिय, जनबादी, बैज्ञानिक र अन्तर्राष्ट्रिय नेपाली सँस्कृति हो । 

(क)
यो राष्ट्रिय हो, किनभने नयाँ जनबादी सँस्कृतिले नेपाली राष्ट्रिय स्वार्थको प्रतिनिधित्व गर्दछ र हाम्रो देशको आन्तरिक मामिलामा हुने हर प्रकारको बिदेशी हस्तक्षेपको बिरोध गर्दछ । 

  (ख) यो नयाँ जनबादी सँस्कृति बैज्ञानिक सँस्कृति हो । किनभने यसको बिश्व दर्शन द्वन्द्वात्मक भौतिकबाद हो र यसले, आध्यात्मिक अन्धबिश्वासमा आधारित सामन्ती परम्परा र यान्त्रिक भौतिकबादी दर्शनको पनि घोर बिरोध गर्दछ । समाज–बिकासलाई ऐतिहासिक भौतिकबादको कसीमा हेर्ने हुँदा यसले आफ्नो ऐतिहासिक परम्पराको पनि भौतिकबादी बिश्लेषण गर्दछ । यसले प्रत्येक परम्परालाई त्यसको बिशिष्ठ ऐतिहासिक युगको सन्दर्भमा हेर्दछ र गलत परम्पराको त्याग गरी सही परम्पराको अभिबृद्धि गर्ने पक्ष लिन्छ ।

  (ग) यो सस्कृति जनबादी(प्रजातान्त्रिक) सँस्कृति हो । अर्थात् जनताको सँस्कृति हो । किनभने यसले देशका आम जनता र बिशेषगरी किसान जनतालाई आफ्नो हक र अधिकारका निम्ति लड्ने मार्ग देखाउँदछ । उनीहरुको असन्तोषलाई बैज्ञानिक अभिब्यक्ति दिने साधन तयार गर्दछ ।

(घ) यसले देशका लाखौंलाख श्रमजीवी जनतालाई आफ्नो भाग्यको आफैले फैसला गर्नका निम्ति भाग्यबाद, राजा, गुरु–पूरोहित तथा नेताहरुको साँघुरो बन्धनबाट मुक्त हुने प्रेरणा दिन्छ र जनताको दिमागलाई रचनात्मक दिमाग बनाइदिन्छ । यसको मूल मन्त्र नै ‘नेता प्रधान नभई नीति प्रधान’ हो र यसले नीति निर्माणमा जनताको पहलकदमी बढाइदिन्छ । 

  (ङ) नयाँ जनबादी सँस्कृति अन्तर्राष्ट्रिय भावनाले युक्त भएको सँस्कृति पनि हो । हाम्रो देशमा भइरहेको बिदेशी घूसपैठ र साँठगाँठको बिरोध गर्ने सँस्कृतिले वास्तबमा कुनै पनि बिदेशी जनताको हक र हितको बिरोध गर्दैन, समर्थन गर्दछ । हामीले भारतीय हस्तक्षेपको बिरोध गर्नु बास्तवमा भारतीय जनताको बिरोध गर्नु होइन परन्तु भारतीय जनताको साथ दिनु हो । कारण, जुन भारतीय साम्प्रदायिक हिन्दू सँस्कृतिको हामी बिरोध गर्दछौं त्यसै सँस्कृतिले हजारौं बर्षदेखि भारतीय जनताको शोषण गरिरहेको छ ।

नेपालमा हामी जुन अमेरिकी प्रवेशको बिरोध गर्दछौं, त्यो अमेरिकी जनताको बिरोध होइन, परन्तु समर्थन हो । कारण, जुन अमेरिकी साम्राज्यबादले हाम्रो देशमा घूषपैठ र शोषण गरिरहेको छ त्यसले अमेरिकी जनताको पनि शोषण गरिनै रहेको छ । नयाँ जनबादी सँस्कृतिले बिश्वका कुनै पनि देशको राष्ट्रिय मुक्ति आन्दोलन र सर्बहारा समाजबादी आन्दोलनको समर्थन गर्ने हुनाले यो अन्तर्राष्ट्रिय मजदूर बर्गका सँस्कृतिको बिरुद्ध नभई सहयोगी  छ । त्यसैले यसको स्वरुप अन्तर्राष्ट्रिय छ ।

के बर्तमान प्रगतिशील लेखक संघ यो दिशामा अग्रसर हुन सक्ला ? यक्ष प्रश्न खडा छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif