Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

बैज्ञानिकहरुले खोजिरहेका छन् भूकम्प–चेतावनी चिन्ह


२०७६ आश्विन ५ गते , आईतवार प्रकाशित


भूकम्प आउनु पूर्व चट्टानहरुबाट हिलीयम, आर्गन तथा नाइट्रोजन जस्ता ग्यासहरु निस्कन्छन र यसरी भूकम्प पूर्व आर्गन, हिलीयम र नाइट्रोजन ग्याँसहरुको अनुपात बढी हुने गर्दछ । यो अनुपात जति बढी हुन्छ भूकम्पको तीब्रता पनि त्यति नै बढी हुन्छ ।सन् १९२९ सम्म भूगोलबेत्ताहरु भूकम्पको कुनै तर्कसंगत ब्याख्या दिन सक्ने स्थितिमा थिएनन् । त्यसै समयमा अल्फ्रेड बे्र्रगरले आफ्नो पुस्तक ‘प्लेट टेक्रोनिक्स’(प्लेट बिवर्तन) सिद्धान्त प्रस्तुत गरे ।यो सिद्धान्त अनुसार पृथ्वीको बाहिरी सतह सातवटा प्रमुख प्लेटहरु र कतिपय स–साना प्लेटमा बिभक्त छ । प्लेट शब्दको उपयोग पृथ्वीका पृष्ठ तथा आवरणका ती भागका लागि गरिन्छ जसको मोटाई ५० देखि १०० किलोमिटरको हुन्छ । ती प्लेटहरुमा महाद्विपहरुका साथसाथै समुद्रको भाग पनि सामेल गरिएको छ । प्लेटहरुका साथसाथै महाद्विपहरु पनि त्यसरी नै घस्रिरहेका हुन्छन् जसरी एउटा रेलमा रेलका यात्रीहरु ।

  ती प्लेटहरु यति कडा हुन्छन् कि ती न पछाडि फर्किन्छन् न टुट्छन् । केवल आपसमा टक्कराउनाले तिनको किनारामा बिकृति अर्थात् दरारहरु उत्पन्न हुने गर्दछन् । वास्तवमा जहाँ दुइटा यस्ता प्लेटहरु परस्पर टकराउँदछन् त्यही भूकम्प आउँदछ । यसै कुरालाई आधार मानेर भूकम्पको पूर्वानुमानको लागि केही प्रयोग केही रुसी बैज्ञानिकहरुले गर्दै आइरहेका छन् । उनीहरुले प्रयोगशालामा ‘मिनी नक्कली भूकम्प’ उत्पन्न गरिरहेका छन् । अहिले नयाँ अनुसन्धानले के पत्तो लागिरहेको छ भने जतिबेला कुनै चट्टानलाई दबाइन्छ भने त्यो बिरुपित हुन थाल्दछ र दबाव या प्रतिबलको मात्रा बढ्दा त्यो टुट्छ । त्यो टुट्नुभन्दा केही समय पहिला त्यसमा पातलो दरार देखिने या धाँजा पर्ने गर्दछ । आयतनमा यो परिवर्तनलाई ‘डाइलेटेन्सी’ भनिन्छ । त्यो ‘डाइलेटेन्सी’को क्षेत्र जति बढी फराकिलो हुन्छ त्यत्ति नै बढी समय भूकम्प आउनमा लाग्दछ र त्यसै अनुसार भूकम्पको शक्ति निर्माण हुन्छ ।
  भूकम्प पूर्वानुमान प्रयोगशालमा दुइ प्रकारका शोध कार्य चलिरहेका छन् । ‘सिस्मिक ग्याप मेथड– यो सिस्मिक ग्याप मेथड’ द्वारा के कुरा पत्तो लगाइन्छ भने भूकम्प कहाँ आउन सक्तछ ? यसमा कुन सिद्धान्तलाई आधार बनाइएको छ भने एउटा निश्चित समय पछि भूकम्पको पुनराबृत्ति हुन सक्तछ । किनभने सिस्मिक ग्यापमा प्रत्यापन शक्ति जम्मा हुने गर्दछ र त्यसले एउटा निश्चित समय पछि निस्केर हलचल पैदा गर्दछ । यसकारण भूकम्प आउने बढी सम्भावना हुन्छ । खाशगरी जहाँ बितेको ४०–५० बर्षदेखि ठूलो भूकम्प आएको छैन त्यहाँ यसको सम्भावना बढी हुन्छ । ग्रीसमा पनि एक चेतावनी प्रणालीमा प्रयोग गरिदैछ । त्यस प्रयोगमा दुइटा फलामका डण्डीलाई भ्ूमिमा राखिन्छ र तिनलाई इलेक्ट्रोनिक मनिटरिङ्ग गरिन्छ । भूकम्प पूर्वानुमानबाट सबैभन्दा आवश्यक कुरा के थाहा पाउनु पर्ने मानिन्छ भने भूगर्भशास्त्रीहरुले सबै क्षेत्रहरुमा भ्रंशहरुले ‘प्लेट बिवर्तनी’को सूचना दिन सकुन् ।

  यस बिषयमा आजकल उपग्रहहरुबाट पनि ठूलो सहायता प्राप्त हुन्छ । तिनको मूल उपयोग ती स्थानहरुमा हुन्छ जहाँ मानिस पुग्न पनि दुर्लभ मानिन्छ, जस्तो कि बर्पmले ढाकेको हिमालयको क्षेत्र । प्लेट बिवर्तन सिद्धान्त अनुसार भूकम्पको स्थान र शक्तिको साधारणतया अनुमान लगाउन सकिन्छ । उदाहरणका लागि जुन स्थानमा दुइ प्लेटहरु आपसमा टक्कराएर एक अर्काभित्र घुस्ने गर्दछन् त्यहाँ ९.० म्याग्निच्यूड या त्यो भन्दा पनि शक्तिशाली भूकम्प आउन सक्तछ । यदि यस्तो हुने संकेत प्राप्त हुन्छ र तिनको गतिमा केही परिवर्तन या रोकावट आइरहेको छ भने भूकम्प आउने समयको संकेत प्राप्त हुन सक्तछ । प्लेटहरुको गति अथवा महाद्विपीय बिस्थापनका बिषयमा चन्द्रमाको सतहमा एउटा पराबर्तक राखेर लेजर किरणहरुद्वारा भूकम्प पूर्वानुमान प्राप्त गर्ने दिशामा पनि काम जारी रहेको छ । यसमा के हेरिदै आएको छ भने भूकम्प आउनु पूर्व बिद्यूत प्रतिरोधकता दशदेखि पन्ध्र प्रतिशत घट्न जान्छ । जति ठूलो भूकम्प हुन्छ त्यत्ति नै पहिलादेखि यो परिवर्तन हुन थाल्दछन् । भूकम्प आउने कुरा पत्तो लगाउनु अहिलेसम्म बैज्ञानिकरुपमा सम्भव हुन पाएको छैन । अहिले पनि जनावरहरुका ब्यवहार र प्राकृतिक मौसमहरुको रंगरुपलाई हेरेर भूकम्पको अड्कल गर्ने गरिन्छ ।



अहिलेसम्म अध्ययन गरिदै गरेका कुराहरु :

१.झट्का अनुमान लगाउनु : भूकम्पको झट्काको बारेमा भबिष्यबाणी या अनुमान लगाउने एउटा भरोसायोग्य यन्त्रको जस्तै कुरा हुन्छ । यो भबिष्यबाणी भूकम्प आउनुभन्दा पहिला नै गरिन्छ । यो बिस्तारै बढ्दै जान्छ तथा बढीजसो सबै ठाउँहरुमा आउँदछ ।

२. चट्टानमा बढी दबाव : यो कुराको पत्तो भूकम्पले पु¥याएको नोक्सानीद्वारा लगाउन सकिन्छ । जति जति चट्टानमा दबाव बढ्दै जान्छ त्यसलाई मापन गरिन्छ र भबिष्यबाणीद्वारा बढीभन्दाबढी त्यो दबावको गणना गर्न सकिन्छ जुन दबाव भूकम्प आइसकेपछि पर्ने गर्दछ ।

३. धरातलमा पानीको स्तर : गहिरा कुवाहरुमा जतिबेला पानीको स्तर बद्लिन्छ या तलमाथि हुन्छ भने भूकम्प पत्ता लगाउनमा यसले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसै उदेश्यले चीन र जापान यस सम्वन्धि अनुसन्धानका लागि २०० कुवाहरु निर्माण गरिएको छ । जुन कुवाहरु १००० मिटर गहिरा छन् ।

४.धरातलको पानीमा रासायनिक परिवर्तन : भूकम्प आउनुभन्दा पहिला रासायनिक परिवर्तन तुरुन्तै हुन थाल्दछ । कतिपय ठाउहरुमा त झट्का आउनुभन्दा पहिला क्लोराइड र सल्फेडका रासायनिक परिबर्तनमा गौर गरेर हेरिन्छ । भारतको हिमालय जियोलोजी इन्स्टिच्यूटका अनुसार जब हिमालय क्षेत्रमा भूकम्प आउने सम्भावना हुन्छ त्यसको दुइ तीन दिन पहिला नै त्यहाँको पानीको रग बद्लिन थाल्दछ ।अर्थात् पानी दुधिया रंग जस्तो हुने गर्दछ ।

५. धरातलको पानीमा रेडन ग्यास : कुवामा या पानीमा रेडन ग्यासको स्तर बढ्नु भूकम्प आउने सबैभन्दा ठूलो संकेत मानिन्छ । यो रेडन ग्यास पानीमा घुल्दछ र त्यसले पानीलाई निक्कै माथिल्लो स्तरसम्म उठाउँदछ । रेडनको स्तर त्यति माथि उठ्नुले भूकम्प आउने संकेत दिन्छ ।

६.एनामेलीको उष्मा : कतिपय अनुसन्धानहरुका अनुसार धरातलको तापमानमा एनामोलिस भूकम्पका झट्काहरुसँग सम्वन्धित रहेको मानिन्छ । धरातलको बढ्दो तापक्रमलाई स्याटलाइटद्वारा नियन्त्रित गरिन्छ । आजकल आईआरएस स्याटलाईटले यो काम गर्दछ । जब धरातलको तापक्रम निक्कै बढी हुने गर्दछ । त्यसका कारणले भूकम्प आउन सक्तछ ।

७. धरातलको झुकाव : जति जति भूकम्पका कारण धरातलमा दबाब बढ्दछ त्यसले गर्दा धरातको स्तर पनि बद्लिन सक्तछ । त्यसबाट पृथ्वीमा झुकाव आउँदछ । जहाँ भूकम्प आएको छ बितेका दिनहरुमा त्यस्ता धेरै भूकम्प र आउने गरेका ज्वालामुखीका कारण यस्ता धेरै ठाउँहरु बनेका र पृथ्वीमा झुकाव आएका छन् ।

८. पी वेभको गति : सारा संसारमा पी वेभको गतिलाई सिस्मोमिटर(भूकम्प मापक यन्त्र)द्वारा रेकर्ड गर्ने गरिन्छ । यसबाट के हेरिन्छ भने पी वेभको गति १० देखि १५ प्रतिशत घट्दै जान्छ तर एउटा ठूलो भूकम्प आउनुभन्दा पहिला यसको गति नर्मल अर्थात सामान्यभन्दा धेरै बढी हुनजान्छ ।

   
बैज्ञानिकहरुले भूकम्प सम्वन्धि यस प्रकारका खोज अनुसन्धान निरन्तर गर्दै आएका छन् र आगामी दिनमा पनि यो क्रम निरन्तर जारी रहने छ । किनभने यो प्राकृतिक चक्रले कुन बेला के कस्तो रुप लिएर आउँदछ त्यसबारे कुनै ठोस र मूर्त निष्कर्श अझै पनि उनीहरुले निकालि सकेका छैनन् । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif