Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

अतिकीया मदरसा ५०औं बर्षमा प्रवेश गर्दा खुशी


२०७६ आश्विन ४ गते , शनिवार प्रकाशित


शहबाज खान 
  कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.३ स्थित लक्ष्मीनगरमा रहेको ‘अहले सुन्नत फैजे मुस्तफा अतिकीया मदरसा को ५०औ बर्षमा’ प्रवेश गर्दा स्थानिय वासीहरु गौरव र खुशी लागेको उक्त मदरसाका सल्लाहकार मिर्जा राशिद बेग ले बताएका छन् ।   
यस मदरसाको स्थापना ५०बर्ष पहिला मुफ्ती अतिकुर रहमान खां(धर्म गुरु)ले गरेका थिए । मदरसालाई सञ्चालनमा ल्याउन र हिन्दू–मुस्लिम सबैका बच्चाहरुलाई शिक्षा दिदै हिन्दू–मूस्लिम एकता र आपसी सद्भाव कायम गर्नमा चर्चित धर्म गुरु थिए उनले मदरसालाई लगभग २० बर्षसम्म देखरेख गरी निस्वार्थरुपले  समुदायका जनतालाई सेवा दिदै उनको ९५.बर्षको उमेर मा त्यही मदरसामा राति १०.१० को समयमा अकास्मिक निधन भएको थियो।निधन पछि उनको अन्तिम संस्कार गरी मदरसाको एउटा कोठा भित्र उहाँको अस्मशान (मजार)स्थानिय हरुले बनाएका छन्।    


उनबाट पाएको ज्ञान,सेवा,सुविधालाई सराहनीय रहेको भन्दै वहा का विद्यार्थी,शुभचिन्तक र हिन्दू मुस्लिम दुबै समुदाय का शुभचिन्तकहरुले प्रत्येक बर्ष भब्य रुपमा पूर्णतिथि(उर्स)मनाउदै छन् ।पूर्णतिथि मनाउनको लागि क्षेत्रका जनता वहाबाट शिक्षा लिएका  शिक्षार्थीर छिमेकी मित्र राष्ट्र भारतका बिभिन्न ठाउहबाट लगभग ३ देखि४ हजार संख्यामा जनता लक्ष्मीनगर वहाको मजार (चिहान)मा आउँदछन् र  टढा टढाबाट आएका शुभचिन्तकहरुको लागि लक्ष्मीनगरका हिन्दू मुस्लिम गाउवासी र मदरसा व्यबस्थापन समितिले खानेबस्ने प्रबन्ध पनि गर्दै आएको छ। शुभचिन्तकहरु उनको निधन भएको रात  १०१० बजेको.समय मा पूजा पाठ गर्छन र नहाको चिहानमा गएर फूलमाला चढाई वनको आत्माको चीर शान्तिको कामना गर्दै आफुहरु पनि उनी जस्तै असल र पबित्र जीवन बिताउनको लागि प्राथना गर्ने गरेकोके स्थानीय राहूल मोदनवालले बताए ।

उपस्थित शुभचिन्तकलाई उनको जीवन यात्रा र समाजिक धार्मिक कुरा  बताउनको लागि मौलाना नोमान अख्तर (बिहार),शायर जिया अदानी(बलरामपुर)मौलाना मुस्ताक अहमद(नेपाल),मुफ्ती बसिर अहमद(नेपाल),मौलाना रहीस अहमद (नेपाल) लगायत १ सय भन्दा बढी धर्मगुरुहरु नेपाल भारत बाट आउदै छन्। आज हामी ३६औ पूर्ण्तिथी मनाउदै यो क्षेत्रमा शान्ति समृद्धि,र हिन्दु मुस्लिम सहिशुणता कायम गर्दै आएको र यो पूर्ण्तिथी मनाएर सबै समुदाय प्रति सदभाव कायम गर्नको लागि अग्रह गरेको उक्त मदरसा का अध्यक्ष मिर्जा अरशद बेगले बताएका छन्।   यो कार्यक्रम को अध्यक्षता(सदारत) हजरत मौलाना मुफ्ती हबीबुल्लाह खा र वक्ता मोबारक हुसेन शाह रहेको मिर्जाले बताएका थिए।   ठूलो र  भव्य यो कार्यक्रम ाई सुरक्षा दि सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हेक्वा कृष्णनगर का सशस्त्र प्रहरी निरीक्षक महेश्वर गिरीको कमाण्डमा ३५ जनाको टोली र  ईलाका प्रहरी कार्यलय कृष्णनगर का प्रहरी टोलीले सुरक्षा दिएका थिए।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif