Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

दुर्गति दुर्गति मात्रै दोहोरिने परिपञ्च यो !


२०७६ आश्विन ४ गते , शनिवार प्रकाशित

 आजको कबिता  


बिपन्न जनता उस्तै दबेका – दुःख कष्टमा
रहेसम्म स्थिति यस्तो के आउल सुख देशमा 
 
त्याग, निष्ठा र आदर्श मर्यादा छैन केहीको
“जो हात जो साथ“ नै सुत्र हेर सर्बत्र आजको

परिवर्तनले गर्छ माग निष्ठा र त्यागको
एक रुपता हुनै पर्छ बोली र ब्यवहारको

सिद्धान्त, नीति, नैतिकता यत्र तत्र खडेरी छ
जता हेरे पनि अवसरवादीकै घर(घरेडी छ ।

नातावाद कृपावाद चलेकै छ उसैगरी
मेटिएन पुरानो यो रोग अझै कसैगरी

सामन्ती, नवसामन्ती सडेको त्यो परम्परा
समूल अन्त्य नभै हुन्न, नयाँ नेपाल यो धरा ।

आश्वासनहरु रित्ता छन् निराश जनताहरु
बिश्वासहरु टुट्दा छन् अबिश्वास फैलियो बरु

अनुशासन कतै छैन अराजकता सबैतिर
अँध्यारो पहिले जस्तै साच्चै नै बत्ती मन्तिर

को आफ्नो को पराई हो , कुन भाषा कुन भेष यो
बिना आशा भरोसाले कसरी बन्छ देश यो ?


पाखण्डी मानसिकताले ठग्छ, बर्बाद पार्दछ
टपर्टुइयाँ कुराले खोइ कस्तो पो झिल्ली झर्दछ ?

बनाई चेतना भुत्ते चल्ला के लोकतन्त्र खोइ ?
बिभाजित बनी जनता बन्ला के गणतन्त्र खोइ ?

बिना मुकुटका राजा मनपरी गर्दछन् भने
सत्ताको कुर्सीका लागि गति नै छोड्दछन भने

प्रगति कसरी होला देशको भन्न सक्छ को ?
दुर्गति दुर्गति मात्रै दोहोरिने परिपञ्च यो !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif