Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

मेगा ड्रिमको कुल कारोवार १ अर्ब ३२ करोड


२०७६ आश्विन ३ गते , शुक्रवार प्रकाशित

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको ९औं साधारणसभा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।  पानसमा दीप प्रज्ज्वलन गरी प्रमुख अतिथि उप्रेतीले सभाको उद्घाटन गरेको थिए । उद्घाटन पछि साधारणसभामा बोल्दै उप्रेतीले मेगाड्रिमले स्थापनाको छोटो अवधिमा सहकारी अभियानमा भिन्न पहिचान बनाउन सकेको बताए । बहुउद्देश्यीय सहकारीका धेरैवटा उद्देश्य हुने भएकाले बचत ऋणको कारोबारसँगै उत्पादनमूलक क्षेत्रमा समेत जानुपर्नेमा उनले जोड दिए । 

सभाका अतिथिहरुमा नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघका सचिव माधव तिमल्सिना, राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवं जिल्ला सहकारी संघ काठमाण्डौका उपाध्यक्ष ज्ञान बहादुर तामाङ, संघका महासचिव खेम सुवेदी, बहुउद्देश्यीय सहकारी संघ काठमाण्डौका अध्यक्ष मनोज थापा, शुक्रपथ बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष निरहरि प्रसाद उपाध्याय, प्रबन्ध निर्देशक नरेन्द्र बिष्ट लगायत रहेका थिए । शुभकामना मन्तब्य व्यक्त गर्दै वक्ताहरुले बहुउद्देश्यीय सहकारीहरुलाई सहज रुपमा सञ्चालनको बातावरण बनाउन अहिलेको ऐननियम संशोधनको आवश्यकता रहेको औंल्याए । 

संस्थाका उपाध्यक्ष बासुदेव भट्टले स्वागत मन्तब्य राख्दै वित्तीय तथा सामाजिक क्षेत्रमा संस्थाले गरेको गतिविधिले छोटो समयमा नै एउटा छुट्टै उचाई बनाउन सकेको बताए । सदस्यहरु नै संस्थाको उर्जा भएकाले सदस्यहरुकै विश्वास, साथ र सहयोगले मात्र संस्था अगाडि बढ्ने उनले जनाए । 



सभाका सभापति एवं संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेले संस्थाले समयानुकूल विधि, प्रविधि तथा नीतिलाई अंगीकार गर्दै गुणात्मक वृद्धि र विकासका लागि नयाँ नयाँ प्रविधि र प्रयोगको खोजी गर्दै अगाडि बढेको बताए । समयसापेक्ष सदस्यको हितलाई ध्यानमा राखी जोखिमरहित आर्थिक कारोबार, सुशासन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व सहितको स्वेच्छिक स्वयंसेवी सञ्चालक, उच्च प्रविधियुक्त व्यवस्थापनले मात्र दीगो र भरपर्दो वित्तीय संस्था बनाउन सकिने उनले बताए । समृद्ध समाज निर्माण गर्न र गुणस्तरीय जीवनको परिकल्पनासहित वित्तीय तथा गैरवित्तीय क्षेत्रमा योगदान पु¥याउनुका साथै समुन्नत र गुणस्तरीय संस्था निर्माणका लागि आफूहरु निरन्तर लागिपर्ने प्रतिवद्धता उनले जनाए । सहकारी मूल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै वित्तीय, व्यवसायिक र बहुआयामिक कार्य गर्न आफूहरु प्रतिवद्ध रहेको उनले दोहो¥याए । 

संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले सभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा उल्लेख भएका विशिष्टिकृत सहकारी संघ, संयुक्त व्यवसाय तथा उद्योग सञ्चालन, उत्पादन, सेवामा ब्राण्डिङ, कर्जा सूचना केन्द्र, कालोसूची सम्बन्धी व्यवस्था, कर्जा असुली न्यायाधिकरण जस्ता कुराहरुको सफल कार्यान्वयन गर्न सके मुलुकले परिकल्पना गरेको आर्थिक सामाजिक र साँस्कृतिक समृद्धि सहकारीबाट हासिल गर्न सकिने उनले बताए । बहुउद्देश्यीय सहकारी संस्थालाई ३० प्रतिशत बचत तथा ऋणको कारोबार र ७० प्रतिशत प्रकृति अनुसारको व्यवसाय गर्नुपर्ने व्यवस्थाले केहि अप्ठेरो बनाएको उनले बताए । सहकारी क्षेत्रको राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा कम योगदान देखिएता पनि लाखौं जनतालाई उद्योग, व्यापार, पेशा, व्यवसायमार्फत रोजगारी सिर्जना तथा दीगो र समतामूलक आर्थिक तथा सामाजिक विकासमा अतुलनीय योगदान पु¥याएको उनको भनाई छ । 




यस आवमा संस्थालाई प्रविधिमुखी बनाई एटिएम कार्डलाई धेरै सदस्यमाझ पु¥याउने, ट्याब्लेट बैंकिङ, मोबाइल एप्स् र एसएमएस बैंकिङलाई थप गुणस्तरीय र प्रभावकारी बनाउने, सदस्य सेवालाई प्रभावकारी र सर्वसुलभ बनाउन क्यासलेस ट्रान्ज्याक्सन अन्तर्गत क्यूआर कोड पेमेन्ट सर्भिस र मिस्डकल एपको व्यवस्था गर्ने, काठमाण्डौका ३ ठाउँमा सेवा केन्द्र विस्तार गर्ने, उत्पादनशील र आयवृद्धि गर्ने खालका कर्जालाई विस्तार गर्ने, सदस्यलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने जस्ता योजना रहेको रेग्मीले जानकारी दिए । 

संस्थाले गत आवको अन्त्यसम्म ११ करोड ३६ लाख शेयरपूँजी, ८८ करोड १० लाख बचत संकलन, १ अर्ब १४ करोड ४ लाख ऋण लगानी, जगेडा तथा अन्य कोषमा २ करोड ९५ लाख, कर्जा जोखिम कोषमा ४ करोड ९३ लाख, स्थिर सम्पत्ति १ करोड २८ लाख गरी १ अर्ब ३२ करोड ३० लाखको कुल कारोबार गरेको छ । संस्थाले सो अवधिमा १ करोड ५१ लाख ७९ हजार नाफा गरेको छ । संस्थामा ९ हजार ६३५ सदस्य आवद्ध रहेका छन् । 

सभामा समाजसेवी, विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

     

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif