Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

संयुक्त अन्तरक्रियामा संयुक्त किसान आन्दोलन उठाउने सहमति


२०७६ आश्विन १ गते , बुधवार प्रकाशित

नेकपा(क्रान्तिकारी माओवादी)को किसान महासंघ र नेकपा(मसाल)को किसान महासंख मिलेर संयुक्तरुपमा आयोजन गरिएको अन्तरक्रिया कार्यक्रममा किसानका समस्यालाई लिएर संयुक्त आन्दोनल नर्गु पर्ने कुरामा जोड दिइएको थियो । गएस्को भदौको अन्तिम सातामा काठमाण्डौको हार्दिक होटलमा सम्पन्न कार्यक्रमको प्रमुख बक्ताकोरुपमा बोल्दै नेकपा( क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ले बर्तमान सत्ताको चरित्र बारे स्पष्ट नपारी कसका बिरुद्ध को को मिलेर लड्ने भन्ने कुरा प्रष्ट हुदैन । त्यसैले भैरब रेग्मी र समीर सिंहले प्रस्तुत गरेको कार्य पत्रमा यो कुरा प्रपष्टसँग आउनु पर्ने कुरा औल्याएका थिए ।   

कार्यक्रममा बोल्दै अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदीले किसान समस्या राष्ट्र्रिय समस्या हो र यसको सही किसिमले समाधान नभएसम्म राष्ट्रका समस्या समाधान हुन सक्तैनन् र देशले समृद्धिको बाटो लिन सक्तैन भन्दै बिगतको २००९ सालदेखि २०१३ सालसम्म चलेको तुफानी किसान आनदोलनबाट शिक्षा लिदै बैज्ञानिक क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरण गर्नका निम्ति देशको राष्ट्रियता, राष्ट्रिय सार्बभोमिक अखण्डता, जनतन्त्र र नागरिक स्वतन्त्रतालाई जोगाउन र बिस्तार गर्न र किसानलाई जमिन, जल, जंगल र जडीबुटीको मालिक बनाउन र उनीहरुको जीवनमा खुशिायली ल्याउन किसान आन्दोनल आबश्यक रहेको औल्याएका थिए ।   

नेकपा(मसाल)का प्रबक्ता रामप्रकाश पुरीले यो सरकारले किसानका समस्या समाधान गर्ने देखिदैन । नयाँ जनबादी क्रान्तिले मात्र किसानका आारभूत समस्याि हल गर्छ तर अहिले हुनसकन्े सुधारका कुरा पनि हामील उठाउछौ भनेका थिए । 

  राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गाै पौडेलले किसानका समस्यालाई जोडदाररुपमा उठाउन र सशक्त आन्दोनल गर्न आवश्यक छ । यसो नगरीकन देश अगाडि बढ्न सक्तैन भनिन् । 
  कार्यक्रममा अखिलन नेपाल किसान संघका अध्यक्ष भैरब रेग्मीले संयुक्त आयोजनाको तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए भने अखिल नेपाल किसान महासंघ(क्रान्तिाकारी) अध्यक्ष सीताराम तामाङ्गले कार्यक्रमको अध्यक्षता गरेका थिए । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif