Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

उत्तरबाहिनी बहुउद्देश्यीयको १४औं साधारण सभा सम्पन्न


२०७६ आश्विन १ गते , बुधवार प्रकाशित

गोकर्णेश्वर नगरपालिकाको गोर्कण स्थित उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष धर्मशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । सभामा बोल्दै देवकोटाले बहुउद्देश्यीय सहकारीले आफ्ना सदस्यहरुलाई सीप सिकाउने र आयमूलक तालिम दिई आयस्तर बढाउनुपर्ने बताए ।

संस्थाले साधारण सभाको अवसर पारेर ७५ जना संस्थापक शेयरसदस्य, २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा, जेष्ठ नागरिक, बाल बचतकर्ता, असल ऋणी, उत्कृष्ट कारोबार गर्ने सदस्य र संस्थापक सदस्यलाई सम्मान गरेको थियो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले गत आ.व.मा संस्थाको शेयर पुँजी २ करोड ३६ लाख ४६ हजार रुपैयाँ र बचत संकलन १५ करोड २२ लाख ६७ हजार रुपैयाँ र ऋण लगानी १६ करोड २७ लाख २५ हजार पुगेको जानकारी दिए । त्यस अवधिमा संस्थाले ३० लाख ११ हजार रुपैया नाफा गरेको छ । 

वार्षिक साधारण सभामा आवसरमा संस्थाले नेपाल रेडक्रस सोसाइटी तथा लायन्स क्लबसँगको समन्वयमा रक्तदान समेत गरेको छ । सभामा ५१ जनाले रक्तदान गरेका थिए ।



सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif