कपिलबस्तुमा अब जनताले स्वच्छ र सुरक्षित पिउने पानी पाउने
शहबाज खान
नेपाल खाने पानी संस्थान गुणस्तर युक्त स्वच्छ खानेपानी सेवा प्रदान गर्ने र नगर तथा नगरोन्मुख क्षेत्र को ढल व्यावस्थापन गर्ने उद्देश्यले नेपाल खाने पानी संस्थान ऐन २०४६ बमोजिम स्थापना भएको हो।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.२ मा रहेको नेपाल खानेपानी संस्थानको शाखाले आफ्नो कार्यक्षेत्र भित्रका जनतालाई सहज र स्वच्छ खानेपानी दिनको लागि दिन रात खटि मेहनत गरि रहेको स्थानिय हरिराम गुप्ता ले बताएका छन्।
कृष्णनगरमा नेपाल खानेपानी संस्थानको स्थापना २०५६ सालमा भएको थियो । यस संस्थानमा ४लाख ५०हजार लीटर पानी जम्मा गर्ने क्षमता भएको ओभर हेड टैंकको निर्माण पनि भएका थियो ।
तर अहिले यो शाखामा अन्दाजी ग्यारह सय ग्राहक हुन पुगेकाले पानीको खपत दिन दिनै बढदै रहेको छ। हाल कायम रहेकोको ओभर हेड टैंकबाट खानेपानी ग्रहक लाई नपुग्ने अवस्था रहेको छ। कृष्णनगर नगरपालिकाका केही गाउ हरुमा नया पाइप लाईनको विस्तार पनि भई सकेको छ र केही गाउहरु मा अझै बिस्तार गर्न बाकी रहेको छ ।
साथ साथै जनताहरुलाई सुबिधा दिनको लागि कृष्णनगर शाखामा नया ओभर हेड टैंक र आफिस कम्पाउन्ड भित्र फिल्टर प्लान्ट, वाटर ट्रिटमेन्ट प्लान्ट लगाउने तयारीमा रहेको शाखा प्रमुख सन्तोष शाहले बताएका छन्।
नेपाल सरकार खानेपानी सुधार बिस्तार योजना अन्तरगत फिल्टर खानेपानी दिनको लागि कृष्णनगरका चैपुरवा,झण्डानगर,लक्ष्मीनगर लाई लक्षित गरि कृष्णनगर नगरपालिका वडा नं.३ पोखरा भन्ने स्थानमा २० हजार लिटर खानेपानी राख्न सक्ने क्षमता भएको टंकी निर्माण र वाटर फिल्टर प्लान्ट लगाएर सम्पूर्ण नगरवासीहरुलाई स्वच्छ ट्रिटेड वाटर पुर्याउने दृढताका साथ संस्थान अगाडि बढने अवस्थामा रहेको शाह ले बताएका छन् ।