Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

श्री बाराही साकोसको २०औं साधारण सभा सम्पन्न


२०७६ भाद्र ३१ गते , मंगलवार प्रकाशित

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिको २०औं वार्षिक साधारण सभा बयोवृद्ध सदस्य नारायण भक्त राजलवटको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

सभामा विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थामा जम्मा भएको रकम सामुहिक हितमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउदैं संस्थाहरुले सदस्यहरुको गुनासोलाई सम्बोधन गरी संस्था अगाडी बढ्नु पर्ने बताए । 

“आत्मनिर्भर भएर बाँच्नेले स्वाभिमानपूर्वक जीवन निर्वाह गर्नसक्ने भएकाले सहकारीले सदस्यहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिमहरु सहकारीले संचालन गर्नुपर्छ,” उनले भने ।

भक्तपुर नगरपालिकाले पर्यटन क्षेत्रलाई अगाडि बढाउने लक्ष्य लिई विभिन्न भाषाका तालिम र सीपमूलक तालिमहरु संचालन गरिरहेको प्रमुख प्रजापतिले जानकारी दिए । सरकारको पञ्चवर्षिय योजनाले निजी क्षेत्रलाई मात्र बढावा दिने काम गरेको भन्दै उनले निजीकरणकरणको पक्ष लिनेहरु कम्युनिष्ट हुन नसक्ने धारणा व्यक्त गरे ।

अतिथि भनपा वडा नं ४ का वडा अध्यक्ष कुमार चवालले व्याज धेरै दिने सहकारी संस्था भन्दा आर्थिक नियममा बस्ने र देश रजनताको सेवा भावले काम गर्ने सहकारी संस्थामा सदस्य भई कारोवार गर्नुपर्ने बताए । 

सभामा अतिथिहरु नेफ्स्कूनका संचालक सदस्य नानीकाजी शाक्य, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव जगनाथ प्रजापति लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

संस्थाका अध्यक्ष बलराम प्रजापतिले धन्यवाद व्यक्त गरेको उक्त साधारण सभामा संस्थाले संरक्षित पुँजी फिर्ताकोषमा रहेको रकम बाँडफाड तथा वितरण, संस्थाका सदस्य तथा सदस्य परिवारका छोराछोरीहरुलाई एसईई सम्मान, भक्तपुर जिल्लाका ४ वटा सरकारी विद्यालयका ८ जना विद्यार्थीहरुलाई बाराही छात्रवृत्ति २०७६ सम्मान गरेको थियो । त्यसैगरी असल बचत र असल ऋणी, नियमित बचतकर्ता, नियमित बालबचतकर्ता, सदस्यता बृद्धि सदस्य र शेयर पूजी बृद्धि सदस्यलाई सम्मान गर्नुका साथै सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरिएको थियो । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif