Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

शुभश्री साकोसको निःशुल्क स्वास्थ्य परिक्षण शिविर


२०७६ भाद्र ३१ गते , मंगलवार प्रकाशित

शुभश्री बचत तथा ऋण सहकारी संस्थाले एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
“आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौं” भन्ने मूल नाराका साथ शंखधर चोक, मध्यपुर थिमी –४ स्थापना भएको शुभश्रीले विजया दशमीको उपलक्ष्यमा शंखधर फार्मेसी र डेन्टोकेयर नेपाल शंखधर चोकको सहकार्यमा शिविर आयोजना गरेको हो । आफ्ना शेयरसदस्य तथा  सर्वसाधारणका लागि सञ्चालन गरिएको शिविरमा १८० जनाले स्वास्थ्य परिक्षण सेवा लिएका थिए । 
शंखधर फार्मेसीका डा. चन्द्र ओली, प्रवेश पिला श्रेष्ठ, सविना प्रजापति र सरु प्रजापतिको टोलीले शिविरमा स्वास्थ्य जाँच गरेको थियो । त्यसैगरी डेण्टोकेयर नेपालका डा. विपिन ख्याजु, डा. आशिष श्रेष्ठ, डा.श्रुती श्रेष्ठ र जुली ख्याजुको टोलीबाट सोही शिविरमा १४८ जनाको दन्त परिक्षण  गरिएको थियो ।


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif