Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

१५ सेप्टेम्बरमा सिद्धान्तनिष्ठ कम्युनिष्ट एकतामा जोड


२०७६ भाद्र २९ गते , आईतवार प्रकाशित

 क्रान्तिकारी कम्युनिष्ट धारको रक्षा गर्दै देश र जनताका समस्या समाधान गर्न क.पुष्पलालको बिचार वरिपरी क्रान्तिकारी कम्युनिष्टहरु सबै  एकजुट हुनुपर्ने आजको ज्वलन्त राष्ट्रिय आवश्यकता हो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीको स्थापना ७०औ बार्षिकोत्सबमा बोल्ने सबै बक्ताहरुले आज प्रष्ट पारेका छन् ।   

राजधानीको मिडिया इण्टरनेशनल अनानगरमा नेपाल कम्युनिष्ट पार्टीद्वारा आयोजिन कार्यक्रममा सभाध्यक्षको आसनबाट बोल्दै नेपाल कम्युनिष्ट पार्टी दोश्रो राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक ऋषिराम कट्टेलले कमरेड पुष्पलालको सही सिद्धान्त, नीति, कार्यक्रम र कार्यनीतिको सही किसिमले अनुसरण नगरी देश र जनताका समस्या समाधान हुने संयुक्त आन्दोलनको बिकास गर्न सकिदैन भन्ने कुरा इतिहासले सिद्ध गरिसकेको कुरा औल्याए । यसको लागि पुष्पलालको बिचार मान्नेहरु एकजुट हुुन पहिलो शर्त हो भने अरु क्राान्तिकारी कम्युनिष्टहरुलाई पनि सहकार्य र एकताको बाटोमा ल्याउनु आजको दोश्रो  महत्वपूर्ण शर्त  हो । यसरी मात्र आजको कम्युनिष्ट आन्दोलनले देश र जनतको हितमा राष्ट्रिय कार्यभार पूरा गर्न सक्तछ र नयाँ जनबादी क्रान्तिको कार्यभार पूरा गर्न सकिने छ भन्ने प्रष्ट पारेका थिए ।   
नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक तथा अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदीले जब जब कमरेड पुष्पलालको नीतिले नेपालको जन आन्दोलनलाई मार्गदर्शन गरेको छ त्यतिबेला देशमा सकारात्मक परिवर्तन आएको छ भने यसबाट बिमुख हुँदा यसमा बिकृति आएको छ र प्रतिगमन हुने स्थिति खडा भएको छ भन्ने उल्लेख गर्दै कमरेड पुष्पलाल नेपाली जनताको इतिहासको खोजकर्ता, जनताका इतिहासकार हुन्, जनताका इतहिासका निर्माता हुन् । त्यसैले उनल ‘लाखौ लाल झोपडीको एकता नेपालको आजको सन्दर्भमा नेपालको राष्ट्रियता हो भने तिनै झोपडीको हक हित नै जनबाद हो’ भन्दै राष्ट्रियता र जबादको नबीन जन–परिभाषा बिकसित गरेका हुन् । यसै सन्दर्भमा कमरेड पुष्पललले किसानको समस्या हल नभई राष्ट्रका कुनै पनि समस्याको सही किसिमले समाधान  हुन नसक्ने भन्दै  ‘मध्यम बर्गको घेराबन्दीबाट कम्युनिष्ट पार्टीलाई मुक्त गर र यसलाई किसानको बीचमा बसोबास गराउ’ भन्ने महत्वपूर्ण सर्कुलर २०२५ सालमा भएको तेश्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनपछि जारी गरेको १/३ सर्कुलरले प्रष्ट पारेको उल्लेख गरेका थिए । उनले मार्क्सबाद, लेनिनबाद र माओ बिचारधाराई कमरेड पुष्पललाले नेपाली जनता र देशको स्थितिलाई बदल्ने परिप्रेक्षमा सही किसिमले बुझेको हुनाले नै त्यो सही भएको पनि औल्याएका थिए ।  

उपस्थित सबैको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी के्न्द्रिय सचिवालय सदस्य रामबहादुर भण्डारीले पार्टी स्थापना दिवसबारे अनुचित र अनाबश्यक बिबाद खडा गरेर कम्युनिष्ट आन्दोलनमा अन्यौल र अबिश्वास पैदा गर्ने गलत कम जन्म दिनलाई लिएर हुँदै आएको छ । यसलाई चिरेर अघि बढ्नुको कुनै बिकल्प छैन । पाटीृका दस्ताबेज, आधिकारिक सम्मेलनले मात्रै होइन ३इ बर्षसम्म १५ सेप्टेम्बर नै पार्टीको जन्म दिवस हो भन्ने कुरा जसले २२ अप्रिल भनेर जन्म दिबस बदले उनीहरुलाई पनि राम्रोसँग थाहा छ । तर किन यस किसिमको जन्म दिन बदल्ने हर्कत गरियो अहिले पनि सन्देहास्पद छ भन्ने उल्लेख गरे ।   


पार्टीका बरिष्ठा सल्लाहाका बयोबृद्ध कमरेड शिव भटराईले पार्टीको जन्म दिवसका बारेमा कुनै द्विबिधा छैन । यो १५ सेप्टेम्बर नै हो । तर कमरेड पुष्पलाल जस्तो प्रतिभावान र सशक्त नेताको आवश्यकता आज खट्किरहेको छ । देश र जनताको मुहार फेर्न त्यसो नेता ननिस्की हुँदैन । आशा गरौ नेपाली जनताका बीचबाट त्यस्तो नेता फेरि निस्कियोस भन्ने धारणा रखोका थिए ।


  नेपाल कम्युनिष्ट माक्र्सबादी (पुष्पलाल) की नेतृ इन्दु ज्ञवालीले कमरेड पुष्पलालको नीति र बिचारलाई मान्ने सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट हुनु पर्ने कुरामा नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादी (पुष्पलाल) समूह आज सहमत  भएर यो  पार्टी दिबस मनाएको कुरा महत्वपूर्ण छ भन्दै यहा आएर पार्टी दिवस मनाउन पाउदा अत्यन्तै खुशी लागेको र आफ्नै पुरानो ठाउमा आएको अनुभूति भइरहेको छ भन्ने भावना ब्यक्त गरेकी थिइन् । जनता र राष्ट्रका समस्या समाधान गर्ने दिशामा बढ्न एकताबद्ध हुनुको कुनै बिकल्प छैन भन्ने कुरामा जोड दिएकी थिइन् ।

  कार्यक्रममा सचिवालय सदस्य त्रय राजेश बान्तबा, सीता सुबेदी, कृष्णहरि भट्ट तथा बिद्यार्थी नेता प्रबीण मिश्रहरुले पनि बोल्दै पार्टीलाई सिद्धान्त, नीति, बिचार र ब्यवहार हरेक किसिमले सुसज्जित र सशक्त तुल्याइनु पर्ने  सिद्धान्तनिष्ठ कम्युनिष्ट एकतामा जोड र जनताका समस्या समाधान गर्न नया जनबादी क्रान्तिको मूल बाटोमा सही किसिमले अग्रसर हुनु पर्ने कुरामा बिशेष जोड दिएका थिए ।  

कार्यक्रमको बीचमा पार्टीका पुराना कामरेडहरु सेवा निबृत्त कृषि बिज्ञ गोपाल पोखरेल, सेवा निबृत्त न्यायाधशी काशीनाथ पोखरेल तथा दिबंगत कम्युनिष्ट नेता क. बलराम उपाध्यायकी धर्मपत्नी बिद्या तिम्सिना तीनजनाले नेपाल कम्युनिष्ट पार्टीमा पुनः आबद्ध भएको सदस्यता नबीकरण गराउदै नेपाल कम्युनिष्ट  पार्टीमा रहेर बाँकी जीवन देश र जनताको सेवामा लगाउने र कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिन येगादान गर्ने बचनबद्धता जाहेर गर्दै मन्तब्य प्रकट गरेका गिए ।   

शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै र कम्युनिष्ट अन्तर्राष्ट्रि गीत गाउदै शुरु गरिएको कार्यक्रम चार घण्टासम्म लगातार चलेको थियो । कार्यक्रममा बंगाली चेली ग्रस अधिकारीले बंगाली गीत सुनाएर सबैलाई मुग्ध पारेकी थिइन् । यसै गरी उदयपुरको गाईघाट र सप्तरीको जण्डोलमा पनि पार्टी स्थापना दिवस मनाएको थहा दिइएको छ । यसको बिवरण पछि आउने छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif