Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

"मेरो मन रोयो"


२०७६ भाद्र २८ गते , शनिवार प्रकाशित

ई. सन्तोष पोखरेल


अस्ति अस्ति पनि यिनैं मान्छे थिए
कोही अग्ला कोही होचा
कोही बडे दारका घोचा
हातमा लिएर भोका भुँडी घोच्दै हिड्नें
अस्ति अस्ति पनि यिनै मान्छे थिए |
व्यवस्था पनि थियो मुलुकमा कुनै नामको
त्यो शायद कामको थियो
या थियो बेकाम को
त्यो अँध्यारो रातको थियो शायद
या थियो उज्ज्यालो घामको
तर थियो कसैको ठूलो नामको,
दुखी दुखी नै थिए ,
बडाहरू चैं सुखी थिए ,
कोही बाँचे सुखमा भने कोही दुखै दुखमा जिए
अनि लिए शरण विश्रामको |
अनन्त अनन्त काल सम्म
अनन्त अन्तराल सम्म
जाग्रत अमर प्रेत जस्तो
भौंतारिँदो; त्यो याम को |
झुप्राहरूमा निर्धा थिए
बलियाहरूले तिनलाई पिर्दाथिए
धेरैलाई बाँच्नु एक सास थियो
थोरैलाई मात्र मधुमास थियो
तर याद राखे ती सबैमा
भोलिको सुन्दर आश थियो
उसबेला पनि बाँच्नु एक प्रयाश थियो |
याम बदलियो काम बदलिए
मान्छेका कामका इनाम बदलिए
सब बदलिएछ |
म ट्वाल्ल परेर हेरिरहेकोछुँ
लाटाले पापा हेरे जस्तै
स्तब्ध अपलक निर्निमेष,
अनि अझै रहेछ उस्तै शेष
मान्छेहरू त फेरि पनि उस्तै रहेछन्
देखे देखे जस्तो,
चिने चिने जस्तो,
तिनताक हारेकाहरू
ऐले अरुलाई ठाउँ सारेकाहरू;
सबका हाल उही छन्
मेरा सवाल उही छन् |
मेरो भित्र कता कता छोयो
आज यो मन निकै रोयो |

भक्तपुर, सेप्टेम्बर १४, २०१९ भदौ २८. २०७६

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif