Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

प्रम केपी ओली स्वास्थ्य जाँच गराई बालुवाटार फर्किए


२०७६ भाद्र २५ गते , बुधवार प्रकाशित

  आफ्नो नियमित स्वास्थ्य जाँचपछि प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन्। त्यहाँ उनको मुटु, मिर्गौला र हातको पनि स्वास्थ्य जाँच गरिएको छ ।
  प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान पौने नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।


  उनका निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार स्वास्थ्य जाँचका क्रममा सिंगापुरमा मिर्गौलाको प्लाज्मा फेरेसिस गर्दा शरीरमा राखिएको पाइप झिकिएको छ। ’शरीरबाट पाइप झिकिएको छ, उनले भने, ’प्रधानमन्त्री अब तन्दुरुस्त भएर फर्किनुभएको छ।’ यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो। उनी यही २० गते स्वदेश फर्किएका थिए। उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।
    प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्। उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। सिंगापुरमा प्रमको सात पटक प्लाज्माफेरेसिस गरिएको थियो।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif