Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

बिपि जयन्ति र जागरण अभियान जनअपेक्षा अनुसार काम भएन – गुरुङ


२०७६ भाद्र २४ गते , मंगलवार प्रकाशित

  जनअपेक्षा अनुसार काम भएन  – गुरुङ                                                                        
—सीताराम थापा 
                                                        बीपी जयन्तिसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण  अभियान बागलुङ्गमा पनि अन्य जिल्लामा जस्तै आज भाद्र २४ गते आरम्भ गरको छ । आज नेपालका प्रथम जन निर्बाचित प्रधानमन्त्री बीपी कोइरालको १०६औं जन्म जयन्ति हो । कांग्रेसको यो जागरण अभियान आज बागलुङ्ग जिल्लको काठे खोला गाउपालिकाको  लेखानीमा आयोजना गरिएको थयो ।                                                      त्यस अबसरमा कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि नवराज गुरुङले दुइ तिहाइको सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लगाए ।
    उनले सरकारले हत्यारा र भ्रष्ट्राचारीलाई संरक्षण गरेर अन्यायमा परेकालाई न्याय दिन नसकेको र जनस्तरमा अनुभूति हुने कुनै कामै नभएको बताउँदै यसको भण्डाफोर गर्नको लागि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रारम्भ भएको जनाए । सरकारको तीन तहबाट चरम भ्रष्टचारी गतिविधिले जनता आजित भइसकेकोे उनको भनाई थियो ।

  मूल समारोहको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मणिभद्र शर्मा कँडेल, महासमिति सदस्य जगदिशचन्द्र उपाध्यय, बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चिरञ्जिीवी गौतम, महाधिवेशन प्रतिनिधि कृष्णशंकर श्रेष्ठ, पार्वती आचार्य, जिल्ला सदस्य कृष्णबहादुर कार्की, ज्ञानु शर्मा श्रीस, लक्ष्मी जिसी, महेन्द्र आचार्य, काठेखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खडक थापा लगायतले सम्बोधन गरेका थिए । सम्बोधामा उनिहरुले सत्ता र सरकारले आर्थिक( सामाजिक कार्य नगरी समृद्विको नारामा मात्र सीमित भएको जगजाहेर रहेको पनि बताए ।

                                                                     
बागलुङमा   यसैगरी जैमिनि नगरपालिकामा – १ पनि एक समामारोह बीच बीपीको स्मरण सभामा महाधिबेसन प्रतिनिधि हरी शर्माले बीपीकोकार्गेबाट अघि बढेमा कांङग्रेस र देस किकास हुने बताउदै बृक्षारोवण गरेको कुश्मिशेरा बाट वार्ड अध्यक्ष भुपेन्द्र थापा मगरले बताए।    कार्यक्रम नेपाली कांङग्रेस प्रदेश १ (क)का सभापति शिवप्रसाद कँडेलको अध्यक्षता, नेपाली कांग्रेस लेखानीका उपाध्यक्ष टेकबहादुर विकको स्वागत र सचिव चन्द्रकुमार पुनको संचालनमा सम्पन्न भएको थियो ।   यसै सन्दरर्भमा  वीपी कोइरालाको १०६ औँ जन्म जयन्तिको अवसरमा बीपीको स्मृति गर्दै वृक्षारोपण समेत गरिएको थियो।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif