Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

स्थापना दिवसमा तीर्थ साकोसले गर्‍यो सरसफाई कार्यक्रम


२०७६ भाद्र २४ गते , मंगलवार प्रकाशित

तीर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दशौं स्थापना दिवसको अवसरमा टोल सरसफाई गरेको छ ।

संस्थाले यही शनिबार काठमाडौं महानगरपालिका वडा नं. ७ संग सहकार्य गरेर सरसफाई कार्यक्रम गरेको हो । कार्यक्रममा वडा कार्यालयका पदाधिकारी, कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, तीर्थ साकोसका पदाधिकारी, कर्मचारी र सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शुद्ध कुमार डंगोलले तीर्थ साकोसले गरेको सामाजिक कार्यको उच्च प्रशंसा गर्दै वडा भित्रका अन्य संघरसंस्थालाई पनि अनुसरण गर्न आग्रह गरे ।

यसैगरी कार्यक्रम बोल्दै तीर्थ साकोसका अध्यक्ष अनन्त श्रेष्ठले सहकारीको विश्व स्वीकार्य सिद्धान्त मध्ये सातौं सिद्धान्त ‘समुदाय प्रति चासो’ र संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकास लक्ष्यको स्वास्थ्य सम्बन्धी तेश्रो र जलवायु सम्बन्धी तेह्रौं लक्ष्यलाई  मध्यनजर गर्दै टोल सरसफाई कार्यक्रम आयोजना गरेको बताए। आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता सो अवसरमा उनले गरे ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif